काठमाडौँ, ३० जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा.स्वर्णिम वाग्लेले माओवादी केन्द्रले उधारो सहमति गरेको आरोप लगाउनुभएको छ ।
संसद् परिसरमा प्रतिक्रिया दिँदै डा.वाग्लेले माओवादी जस्तो जिम्मेवार पार्टीले यति ठुलो विषयमा यसरी उधारो सहमति गरेको आरोप लगाउनुभयो ।
उहाँले भन्नुभयो, “हामीलाई लागेको थियो, उहाँहरु यति ठुलो इस्युप्रति गम्भीर हुनुहुन्छ, तर गाम्भीर्य पटक्कै रहेनछ । उहाँहरुले लत्तो छोड्न थालेपछि हामीले समातेका हौँ । हामी आशा गरिएको उदियमान राजनीतिक शक्ति भएकाले यति गम्भीर इस्यु, राष्ट्रिय र अन्तर्राष्ट्रिय आयाम बोकेको इस्युलाई हामी यसै छोड्नेवाला छैनौँ । यो अनन्तकालीन हाम्रो संघर्ष आजदेखि संखनाद गरिएको छ । समय सीमा पनि छैन, कहिलेदेखि सुरू गर्न, टिओआर पनि छैन । यस्तो उधारो सम्झौता गरिएको छ ।”
डा.वाग्लेले गृहमन्त्रीको मातहतमा रहेका धेरै विभाग संलग्न रहेको विषय बाहिर आएको भन्दै यस प्रकरणमा ठुलो जालो रहेको बताउनुभयो । उहाँले यो विषयलाई जनतामा लैजाने समेत बताउनुभयो ।