प्रतिनिधि सभाको बैठक बिहीबारसम्मका लागि स्थगित

प्रतिनिधि सभाको बैठक बिहीबारसम्मका लागि स्थगित

काठमाडौँ, २८ जेठ । प्रतिनिधिसभाको बैठकमा आज पनि प्रतिपक्षी दलहरूले अवरोध गरेका छन् । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा दिनुपर्ने अडान राख्दै विपक्षी दलहरूले दुई सातादेखि निरन्तर बैठक अवरोध गर्दै आइरहेका हुन् ।

आज बैठक सुरु भएलगत्तै विपक्षी दलका सांसदहरूले उठेर नाराबाजीसहित विरोध जनाउनुभयो । सत्तापक्षका सांसदहरूले पनि गृहमन्त्रीले संसद्‌मा बोल्न पाउनुपर्ने माग राख्दै आउनुभएको छ ।

बैठकमा सभामुख देवराज घिमिरेले दलीय आधारमा सदनमा बोल्न समय उपलब्ध गराउने पटकपटक आग्रह गर्दा पनि छलफलका लागि वातावरण बन्न नसकेपछि आजको बैठक पनि कार्यसूचीमा प्रवेश गर्नुअघि स्थगन भएको हो ।

अवरोध हटाउन सभामुख घिमिरेले विपक्षी दलका सांसदहरूलाई आग्रह गर्नुभएको थियो । बैठकअघि सत्ता र प्रतिपक्षी दलहरूबीच निरन्तर छलफल हुँदा पनि सहमति जुट्न सकेको छैन । सभाको अर्को बैठक यही जेठ २९ गते बिहीबार दिउँसो ३ बजे बस्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *