काठमाडौँ, २६ जेठ । प्रतिनिधि सभाको बैठक बुधबारसम्मका लागि स्थगित भएको छ ।
सभामुखको सचिवालयका अनुसार बैठक बुधबार अपरान्ह १ बजेसम्मका लागि स्थगित भएको हो ।
यसअघि आज बसेको बैठकमा पनि विपक्षी दलहरुले अवरोध गरेपछि सभामुख देवराज घिमिरेले आधा घण्टाका लागि स्थगित गर्नुभएको थियो ।
सदनको अवरोध खुलाउनका लागि विपक्षीहरु लचिलो बनेको भनिए पनि रास्वपाको अडान कायम रहेपछि अवरोध कायमै भएको हो । रास्वपाले आज भिजिट भिसा प्रकरणमा पाँच बुँदे प्रस्ताव अगाडि सारेर आफूहरु आफ्नो अडानमा कायम रहेको सन्देश दिएको छ ।