संख्याको बलमा षड्यन्त्रपूर्ण तरिकाले सरकारबाट बाहिरिनुपर्‍यो : प्रचण्ड

काठमाडौँ, २० जेठ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिचौलियाहरुले संख्याको बलमा षड्यन्त्रपूर्ण तरिकाले माओवादीलाई सरकारबाट बाहिर ल्याएको बताउनुभएको छ । मंगलबार काठमाडौँमा आयोजित नेवाः तामाङ उपत्यका जागरण अभियान उद्‌घाटन समारोहमा उहाँले माओवादीले नेपाललाई प्रतिनिधित्व गर्ने कुरामा रेकर्ड बनाए पनि प्रतिक्रियावादी, दलाल र बिचौलियाहरुलाई त्यो सह्य नभएको भन्दै उनीहरुले संख्याको बलमा षड्यन्त्रपूर्ण तरिकाले आफूलाई सरकारबाट बाहिर ल्याएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामीले आर्थिक पछ्यौटेपनका विरुद्ध आर्थिक समृद्धिका लागि क्रमशः कदम चाल्दै अगाडि बढेकै हो । अनेक अन्तर्राष्ट्रिय सम्बन्ध सुधारका लागि पनि हामीले काम गरेकै हो । चाहे त्यो छिमेकी राष्ट्र भारत र चीनसँग सम्बन्धित कुरा होस्, चाहे अन्तर्राष्ट्रिय मञ्चहरुमा नेपालको इज्जतलाई प्रतिनिधित्व गर्ने कुरामा रेकर्ड बनाएकै हो । तर, प्रतिक्रियावादी, दलाल, नोकरसाहा र बिचौलियाहरुलाई त्यो सह्य भएन, र उनीहरुले संख्याको बलमा षड्यन्त्रपूर्ण तरिकाले हामीलाई सरकारबाट बाहिर ल्याए ।’ यस्तै, उहाँले बढी नै भाषण गर्ने प्रवृत्ति बढेको भन्दै जनताको कुरा बढी सुन्ने आफ्नो कुरा थोरै राख्ने गरे मात्र अभियान...

संख्याको बलमा षड्यन्त्रपूर्ण तरिकाले सरकारबाट बाहिरिनुपर्‍यो : प्रचण्ड

काठमाडौँ, २० जेठ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिचौलियाहरुले संख्याको बलमा षड्यन्त्रपूर्ण तरिकाले माओवादीलाई सरकारबाट बाहिर ल्याएको बताउनुभएको छ ।

मंगलबार काठमाडौँमा आयोजित नेवाः तामाङ उपत्यका जागरण अभियान उद्‌घाटन समारोहमा उहाँले माओवादीले नेपाललाई प्रतिनिधित्व गर्ने कुरामा रेकर्ड बनाए पनि प्रतिक्रियावादी, दलाल र बिचौलियाहरुलाई त्यो सह्य नभएको भन्दै उनीहरुले संख्याको बलमा षड्यन्त्रपूर्ण तरिकाले आफूलाई सरकारबाट बाहिर ल्याएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हामीले आर्थिक पछ्यौटेपनका विरुद्ध आर्थिक समृद्धिका लागि क्रमशः कदम चाल्दै अगाडि बढेकै हो । अनेक अन्तर्राष्ट्रिय सम्बन्ध सुधारका लागि पनि हामीले काम गरेकै हो । चाहे त्यो छिमेकी राष्ट्र भारत र चीनसँग सम्बन्धित कुरा होस्, चाहे अन्तर्राष्ट्रिय मञ्चहरुमा नेपालको इज्जतलाई प्रतिनिधित्व गर्ने कुरामा रेकर्ड बनाएकै हो । तर, प्रतिक्रियावादी, दलाल, नोकरसाहा र बिचौलियाहरुलाई त्यो सह्य भएन, र उनीहरुले संख्याको बलमा षड्यन्त्रपूर्ण तरिकाले हामीलाई सरकारबाट बाहिर ल्याए ।’

यस्तै, उहाँले बढी नै भाषण गर्ने प्रवृत्ति बढेको भन्दै जनताको कुरा बढी सुन्ने आफ्नो कुरा थोरै राख्ने गरे मात्र अभियान सफल हुने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *