कांग्रेस नेता कोइरालाले फेरि दोहोर्‍याए- रमेश लेखकले राजीनामा दिनुपर्छ

खोटाङ । सत्तारुढ नेपाली कांग्रेस नेता डा. शेखर कोइरालाले गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने फेरि दोहोर्‍याएका छन् । शनिबार खोटाङको हलेसीमा आयोजित एक कार्यक्रममा कोइरालाले राजनीतिमा नैतिकता भन्ने अत्यन्त महत्वपूर्ण हुने उल्लेख गर्दै प्रश्न उठेपछि गृहमन्त्रीले राजीनामा दिनु उपयुक्त हुने बताए । तर, प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार मात्रै गृहमन्त्री लेखकले राजीनामा दिन नपर्ने दावी गरेका थिए । यस्तै नेपाली कांग्रेसले पनि गृहमन्त्रीले राजीनामा दिन नपर्ने निर्णय नै गरेको छ । ‘राजनीतिमा नैतिकता भन्ने कुरा अत्यन्त महत्वपूर्ण हो, राजनीतिमा नैतिकता रहेन भने अराजकता बढ्दै जान्छ, त्यसले राजनीतिलाई कमजोर बनाउँदै जान्छ,’ राजनीतिक संस्कार भनेको नैतिकताको संस्कार हुनुपर्छ’, उनले भने । पत्रकारले राखेको जिज्ञासामा कोइरालाले वर्तमान गठबन्धन सरकार पूर्ण कार्यकालका लागि रहने र त्यसका लागि भरपुर सहयोग हुने बताए। अहिलेको सरकारलाई असफल हुने छुट पनि नभएको कोइरालाले धारणा राखे । अहिले हिन्दू राष्ट्र, राजतन्त्रको आभाष नेताहरूले नै दिएको कोइरालाले बताए । ‘राजा आइहाले कि भन्ने आभाष हाम्रै नेतृत्वले दिइराख्नु भएको छ, कांग्रेस,...

खोटाङ । सत्तारुढ नेपाली कांग्रेस नेता डा. शेखर कोइरालाले गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने फेरि दोहोर्‍याएका छन् । शनिबार खोटाङको हलेसीमा आयोजित एक कार्यक्रममा कोइरालाले राजनीतिमा नैतिकता भन्ने अत्यन्त महत्वपूर्ण हुने उल्लेख गर्दै प्रश्न उठेपछि गृहमन्त्रीले राजीनामा दिनु उपयुक्त हुने बताए । तर, प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार मात्रै गृहमन्त्री लेखकले राजीनामा दिन नपर्ने दावी गरेका थिए । यस्तै नेपाली कांग्रेसले पनि गृहमन्त्रीले राजीनामा दिन नपर्ने निर्णय नै गरेको छ ।

‘राजनीतिमा नैतिकता भन्ने कुरा अत्यन्त महत्वपूर्ण हो, राजनीतिमा नैतिकता रहेन भने अराजकता बढ्दै जान्छ, त्यसले राजनीतिलाई कमजोर बनाउँदै जान्छ,’ राजनीतिक संस्कार भनेको नैतिकताको संस्कार हुनुपर्छ’, उनले भने । पत्रकारले राखेको जिज्ञासामा कोइरालाले वर्तमान गठबन्धन सरकार पूर्ण कार्यकालका लागि रहने र त्यसका लागि भरपुर सहयोग हुने बताए। अहिलेको सरकारलाई असफल हुने छुट पनि नभएको कोइरालाले धारणा राखे ।

अहिले हिन्दू राष्ट्र, राजतन्त्रको आभाष नेताहरूले नै दिएको कोइरालाले बताए । ‘राजा आइहाले कि भन्ने आभाष हाम्रै नेतृत्वले दिइराख्नु भएको छ, कांग्रेस, एमाले, माओवादीहरूबाटै आइराखेको छ,’ उनले भने, ‘किन भने सुशासन दिन सकिरहनु भएको छैन, भ्रष्टाचार बढिरहेको छ, सेवा राम्रो दिन सकिरहेको छैन, रोजगारीको अवसरहरू सिर्जना गर्न सकेको छैन, आर्थिक कसरी अघि बढाउन सकिन्छ, यस्ता कुरालाई ध्यान दिन सकेको छैन, साथसाथै कांग्रेस एमालेले गरेको सात बुँदे सहमतिलाई राम्ररी काम गरे भैहाल्यो नि, यसलाई कसले राकेको छ ?’ हलेसीमा आयोजित कार्यकर्तापछि तुवाचुङ जायजुम संरक्षण समितिले आयोजना गरेको तुवाचुङ–डेलाई संबोधन गरी राजधानी फर्किएका छन्। कोइराला हेलिकोप्टरमा हलेसी आएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *