धार्केमा पुलको छेउमा प्वाल परेपछि दुईतर्फी सडक अवरूद्ध

धादिङ, १३ जेठ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको धार्के नजिकै सोप्याङ खोलाको पुलको छेउमा प्वाल परेपछि दुईतर्फी सडक अवरूद्ध भएको छ । पुलको एकापट्टिको भागमा प्वाल परेपछि दुइतर्फी सवारी साधन रोकिएका छन् । प्रहरीले प्वाल पुरेर सडक खुलाउने प्रयास भइरहेको जानकारी दिएको छ । नागाढुङ्गा-पिपलामोड क्षेत्रमा कालोपत्रे गर्न दिउँसो साढे ११ देखि ३ बजेसम्म सवारी रोकिए पनि धार्के सितापाइला सडकबाट साना सवारीको आवागमन भइरहेको थियो ।

धार्केमा पुलको छेउमा प्वाल परेपछि दुईतर्फी सडक अवरूद्ध

धादिङ, १३ जेठ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको धार्के नजिकै सोप्याङ खोलाको पुलको छेउमा प्वाल परेपछि दुईतर्फी सडक अवरूद्ध भएको छ ।

पुलको एकापट्टिको भागमा प्वाल परेपछि दुइतर्फी सवारी साधन रोकिएका छन् । प्रहरीले प्वाल पुरेर सडक खुलाउने प्रयास भइरहेको जानकारी दिएको छ ।

नागाढुङ्गा-पिपलामोड क्षेत्रमा कालोपत्रे गर्न दिउँसो साढे ११ देखि ३ बजेसम्म सवारी रोकिए पनि धार्के सितापाइला सडकबाट साना सवारीको आवागमन भइरहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *