निभ्न लागेको बत्ती सरह भइसकेँ, राजनीतिमा आउने सोच छैन : राधिका शाक्य

काठमाडौँ, ५ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीकी धर्मपत्नी एवम् प्रथम महिला राधिका शाक्यले आफूलाई राजनीतिमा आउनको लागि कुनै चासो नभएको बताउनुभएको छ । सोमबार आयोजित आफूले लेखेको पुस्तक ‘करुणा’ बारे अन्तरक्रिया कार्यक्रममा उहाँले पाको उमेरमा राजनीतिमा आएर के पाउने हो र भन्दै प्रश्न गर्नुभयो । उहाँले राजनीतिमा लागेको भए आजसम्म प्राप्त भएका उपलब्धिहरु पनि गुम्ने संकेत गर्नुभयो । उहाँले भन्नुभयो, ‘तपाइँ राजनीतिमा पो सलबलाउन थाल्नुभएको हो कि भन्ने पत्रकारहरुका प्रश्न आएका छन् । यसमा सबैजना ढुक्क हुनु भए हुन्छ, म राजनीतिमा आउने मान्छे होइन । मैले आफ्नो ऊर्जाशील जवानीमा त राजनीति गरिन । अब निभ्न लागेको बत्ती भनेको जस्तै आजको यो उमेरमा किन राजनीतिमा आउछु र । के पाउछु र ? अहिले चुप लागेर बसेको छु र नै धेरै कुरा प्राप्त गरेको छु । जहाँसम्म लाग्छ राजनीतिमा लागेको भए यति कुरा पनि पाउँदिन थिए होला ।’ यस्तै, उहाँले केपी ओलीले श्रीमतीलाई अगाडि सार्न लाग्यो कि क्या हो भन्ने कता–कता...

निभ्न लागेको बत्ती सरह भइसकेँ, राजनीतिमा आउने सोच छैन : राधिका शाक्य

काठमाडौँ, ५ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीकी धर्मपत्नी एवम् प्रथम महिला राधिका शाक्यले आफूलाई राजनीतिमा आउनको लागि कुनै चासो नभएको बताउनुभएको छ ।

सोमबार आयोजित आफूले लेखेको पुस्तक ‘करुणा’ बारे अन्तरक्रिया कार्यक्रममा उहाँले पाको उमेरमा राजनीतिमा आएर के पाउने हो र भन्दै प्रश्न गर्नुभयो । उहाँले राजनीतिमा लागेको भए आजसम्म प्राप्त भएका उपलब्धिहरु पनि गुम्ने संकेत गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘तपाइँ राजनीतिमा पो सलबलाउन थाल्नुभएको हो कि भन्ने पत्रकारहरुका प्रश्न आएका छन् । यसमा सबैजना ढुक्क हुनु भए हुन्छ, म राजनीतिमा आउने मान्छे होइन । मैले आफ्नो ऊर्जाशील जवानीमा त राजनीति गरिन । अब निभ्न लागेको बत्ती भनेको जस्तै आजको यो उमेरमा किन राजनीतिमा आउछु र । के पाउछु र ? अहिले चुप लागेर बसेको छु र नै धेरै कुरा प्राप्त गरेको छु । जहाँसम्म लाग्छ राजनीतिमा लागेको भए यति कुरा पनि पाउँदिन थिए होला ।’

यस्तै, उहाँले केपी ओलीले श्रीमतीलाई अगाडि सार्न लाग्यो कि क्या हो भन्ने कता–कता प्रश्न गरेको सुनेको पनि बताउनुभयो । ‘मलाई केपी ओलीले राजनीतिमा आउ वा सक्रिय बन्नु कहिले भन्नुभएको छैन । आफू राजनीति गर्न भनेर आएको पनि होइन,’ उहाँले भन्नुभयो ।

उहाँले भन्नुभयो, ‘मलाई धेरै मान्छेहरुले अब केपी ओलीले श्रीमतीलाई अगाडि सार्न लाग्यो कि क्या हो भनेर प्रश्न गरेको सुनेकी छु । तर, केपी ओलीले मलाई राजनीतिमा जाऊ भनेर भन्नुभएको छैन । म आफैँले पनि राजनीति गर्छु भनेर भनेको पनि छैन । म एउटा सामान्य नेपाली हुँ, यो नेपालको इमान्दार छोरी हुँ र मैले जति कुरा बुझेकी छु, मेरो मन मस्तिष्कले जति कुरा बुझेको छ । कुन ठिक, कुन बेठिक भन्ने कुरा बुझेकी छु । ती सबै कुरा किताबमार्फत् व्यक्त गरेकी छु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *