महिला टी–२० विश्वकप एसिय छनोट : नेपाल र बहराइन भिड्दै

काठमाडौँ, १ जेठ । आइसिसी महिला टी–२० विश्वकप एसिय छनोटअन्तर्गत बिहीबार हुने खेलमा नेपालले बहराइनको सामना गर्दै छ । आज दिउँसो साढे १२ बजे थाइल्याण्डमा हुने खेलमा नेपाल बहराइनविरुद्ध दोस्रो जितको खोजीमा मैदानमा उत्रने छ । यसअघि बहराइनलाई ९ विकेटले पराजित गरेको नेपाल उच्च मनोवलका साथ मैदानमा उत्रने छ । उता बहाराइन भने यसअघिको हारको बदला लिने लक्ष्यका साथ मैदानमा उत्रने छ । नेपाल र हङकङबीचको पहिलो खेल वर्षाका कारण रद्ध भएको थियो भने दोस्रो खेलमा हङकङ ७ विकेटले विजयी भएको थियो । नेपालसहित बहराइन, हङकङ, भुटान, कुवेत, थाइल्याण्ड, मलेसिया कतार र युएई महिला टी–२० विश्वकप एसिया छनोटमा सहभागी छन् ।

काठमाडौँ, १ जेठ । आइसिसी महिला टी–२० विश्वकप एसिय छनोटअन्तर्गत बिहीबार हुने खेलमा नेपालले बहराइनको सामना गर्दै छ । आज दिउँसो साढे १२ बजे थाइल्याण्डमा हुने खेलमा नेपाल बहराइनविरुद्ध दोस्रो जितको खोजीमा मैदानमा उत्रने छ ।

यसअघि बहराइनलाई ९ विकेटले पराजित गरेको नेपाल उच्च मनोवलका साथ मैदानमा उत्रने छ । उता बहाराइन भने यसअघिको हारको बदला लिने लक्ष्यका साथ मैदानमा उत्रने छ ।

नेपाल र हङकङबीचको पहिलो खेल वर्षाका कारण रद्ध भएको थियो भने दोस्रो खेलमा हङकङ ७ विकेटले विजयी भएको थियो ।

नेपालसहित बहराइन, हङकङ, भुटान, कुवेत, थाइल्याण्ड, मलेसिया कतार र युएई महिला टी–२० विश्वकप एसिया छनोटमा सहभागी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *