बुद्धका शिक्षाबाट शान्ति र सहिष्णुताको बाटो अँगाल्न राष्ट्रपति पौडेलको आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बुद्ध जयन्तीका अवसरमा सम्पूर्ण नेपालीलाई गौतमबुद्धका कालजयी शिक्षालाई आत्मसात् गर्न आग्रह गरेका छन्। उनले बुद्धको मार्गदर्शन अनुसरण गर्दै सहिष्णुता, सद्भाव र राष्ट्रिय एकताको सन्देश फैलाउनुपर्नेमा जोड दिएका छन्। २५६९औं बुद्ध जयन्तीको शुभअवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले बुद्धको जन्मभूमि नेपाल हुनु सम्पूर्ण नेपालीको गौरवको विषय भएको उल्लेख गरेका छन्। “बौद्ध दर्शनका प्रवर्तक, राष्ट्रका गौरव, एसियाका तारा एवं विश्व शान्तिका अग्रदूत गौतम बुद्धको पावन जयन्तीमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई सुख, शान्ति र समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु,” सन्देशमा उल्लेख गरिएको छ। आजको दिनलाई विशेष बनाउने तीन ऐतिहासिक संयोग– बुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण – एउटै दिन परेको भएकाले वैशाख शुक्ल पूर्णिमा विश्वभरका बौद्ध धर्मावलम्बीहरूद्वारा बुद्धप्रति गहिरो श्रद्धा व्यक्त गर्दै बुद्ध जयन्ती मनाउने गरिन्छ। यस अवसरमा देशभरका गुम्बा, मठ, स्तूप र चैत्यहरूमा पूजा–अर्चना, प्रार्थना, ध्यान तथा प्रवचनजस्ता कार्यक्रम आयोजना भइरहेका छन्। राष्ट्रपति पौडेलले बुद्धका उपदेशहरूलाई जीवनमा उतार्न सके सामाजिक,...

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बुद्ध जयन्तीका अवसरमा सम्पूर्ण नेपालीलाई गौतमबुद्धका कालजयी शिक्षालाई आत्मसात् गर्न आग्रह गरेका छन्। उनले बुद्धको मार्गदर्शन अनुसरण गर्दै सहिष्णुता, सद्भाव र राष्ट्रिय एकताको सन्देश फैलाउनुपर्नेमा जोड दिएका छन्।

२५६९औं बुद्ध जयन्तीको शुभअवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले बुद्धको जन्मभूमि नेपाल हुनु सम्पूर्ण नेपालीको गौरवको विषय भएको उल्लेख गरेका छन्।

“बौद्ध दर्शनका प्रवर्तक, राष्ट्रका गौरव, एसियाका तारा एवं विश्व शान्तिका अग्रदूत गौतम बुद्धको पावन जयन्तीमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई सुख, शान्ति र समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु,” सन्देशमा उल्लेख गरिएको छ।

आजको दिनलाई विशेष बनाउने तीन ऐतिहासिक संयोग– बुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण – एउटै दिन परेको भएकाले वैशाख शुक्ल पूर्णिमा विश्वभरका बौद्ध धर्मावलम्बीहरूद्वारा बुद्धप्रति गहिरो श्रद्धा व्यक्त गर्दै बुद्ध जयन्ती मनाउने गरिन्छ।

यस अवसरमा देशभरका गुम्बा, मठ, स्तूप र चैत्यहरूमा पूजा–अर्चना, प्रार्थना, ध्यान तथा प्रवचनजस्ता कार्यक्रम आयोजना भइरहेका छन्। राष्ट्रपति पौडेलले बुद्धका उपदेशहरूलाई जीवनमा उतार्न सके सामाजिक, धार्मिक तथा सांस्कृतिक विविधताबीच सहिष्णुता र आपसी सद्भाव बलियो बनाउने विश्वास व्यक्त गरेका छन्।

उनले बुद्धका शिक्षाबाट प्रेरणा लिँदै व्यक्तिगत, सामाजिक र वैश्विक स्तरमा शान्ति, सहअस्तित्व, सहिष्णुता र पारस्परिक सम्मानको भावना फैलाउन सबैलाई आग्रह गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *