नेपाली क्रिकेटको लागि बलियो जग बनाउनुपर्ने अवस्था आएको छ : पारस खड्का

काठमाडौँ, १३ वैशाख । नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले नेपाली क्रिकेटमा एउटा बलियो जग बसाल्ने प्रयासमा नेपाल क्रिकेट संघ लागि रहेको बताउनुभएको छ । शनिबार राष्ट्रिय क्रिकेट टोलीका लागि नयाँ मुख्य प्रशिक्षक स्टुअर्ट लको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उहाँले नेपाली क्रिकेटका लागि बलियो जग बनाउनुपर्ने अवस्था आएको भन्दै नयाँ प्रशिक्षकको उपस्थितिमा यो सोचमा पूरा हुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘नेपाली क्रिकेटको लागि बलियो जग बनाउनुपर्ने अवस्थामा हामी पुगेका छौँ । हाम्रो राष्ट्रिय टोली पनि राम्रो छ । नेपाली क्रिकेटमा एउटा राम्रो जग बनि सकेको छैन, त्यसैले त्यो जग बसाल्ने प्रयासमा नेपाल क्रिकेट संघ लागिरहेको छ । यसमा नयाँ प्रशिक्षक थपिनुभएपछि उहाँको उपस्थितिमा क्रिकेटलाई हामीले बलियो बनाउछौँ भन्ने सोचमा छौँ ।’

नेपाली क्रिकेटको लागि बलियो जग बनाउनुपर्ने अवस्था आएको छ : पारस खड्का

काठमाडौँ, १३ वैशाख । नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले नेपाली क्रिकेटमा एउटा बलियो जग बसाल्ने प्रयासमा नेपाल क्रिकेट संघ लागि रहेको बताउनुभएको छ ।

शनिबार राष्ट्रिय क्रिकेट टोलीका लागि नयाँ मुख्य प्रशिक्षक स्टुअर्ट लको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उहाँले नेपाली क्रिकेटका लागि बलियो जग बनाउनुपर्ने अवस्था आएको भन्दै नयाँ प्रशिक्षकको उपस्थितिमा यो सोचमा पूरा हुने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘नेपाली क्रिकेटको लागि बलियो जग बनाउनुपर्ने अवस्थामा हामी पुगेका छौँ । हाम्रो राष्ट्रिय टोली पनि राम्रो छ । नेपाली क्रिकेटमा एउटा राम्रो जग बनि सकेको छैन, त्यसैले त्यो जग बसाल्ने प्रयासमा नेपाल क्रिकेट संघ लागिरहेको छ । यसमा नयाँ प्रशिक्षक थपिनुभएपछि उहाँको उपस्थितिमा क्रिकेटलाई हामीले बलियो बनाउछौँ भन्ने सोचमा छौँ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *