स्रोत नखुलेको १० लाख रुपैयाँसहित एक युवक पक्राउ

रौतहट, ११ चैत । पर्सा सशस्त्र प्रहरीले एक युवकलाई १० लाख रुपैयाँसहित पक्राउ गरेको छ । वीरगञ्जको भन्सार क्षेत्रबाट सशस्त्र प्रहरीले स्रोत खुल्न नसकेको रकमसहित वीरगञ्ज महानगरपालिका वडा नम्बर १७ अलौँका २९ वर्षीय प्रदीपकुमार साहलाई पक्राउ गरेको हो । सशस्त्र प्रहरी नायब उपरीक्षक लोकेन्द्र सुब्बाका अनुसार सशस्त्र प्रहरीले वीरगञ्ज–१६ स्थित भन्सार कार्यालय अगाडि बिआर २२ बिजी १४०८ नम्बरको भारतीय मोटरसाइकललाई रोकेर चेकजाँच गर्दा त्यसमा सवार साहको साथबाट रकम बरामद भएको छ । रक्सौलबाट वीरगञ्ज आँउदै गरेको अवस्थामा साहको साथबाट १० लाख ५ हजार नेपाली रुपैयाँ बरामद भएको उहाँले जानकारी दिनुभयो । बरामद रकमको श्रोत साहले खुलाउन नसकेपछि उक्त रकम र मोटरसाइकलसहित साहलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी पर्साले जनाएको छ ।

स्रोत नखुलेको १० लाख रुपैयाँसहित एक युवक पक्राउ

रौतहट, ११ चैत । पर्सा सशस्त्र प्रहरीले एक युवकलाई १० लाख रुपैयाँसहित पक्राउ गरेको छ ।

वीरगञ्जको भन्सार क्षेत्रबाट सशस्त्र प्रहरीले स्रोत खुल्न नसकेको रकमसहित वीरगञ्ज महानगरपालिका वडा नम्बर १७ अलौँका २९ वर्षीय प्रदीपकुमार साहलाई पक्राउ गरेको हो ।

सशस्त्र प्रहरी नायब उपरीक्षक लोकेन्द्र सुब्बाका अनुसार सशस्त्र प्रहरीले वीरगञ्ज–१६ स्थित भन्सार कार्यालय अगाडि बिआर २२ बिजी १४०८ नम्बरको भारतीय मोटरसाइकललाई रोकेर चेकजाँच गर्दा त्यसमा सवार साहको साथबाट रकम बरामद भएको छ ।

रक्सौलबाट वीरगञ्ज आँउदै गरेको अवस्थामा साहको साथबाट १० लाख ५ हजार नेपाली रुपैयाँ बरामद भएको उहाँले जानकारी दिनुभयो ।

बरामद रकमको श्रोत साहले खुलाउन नसकेपछि उक्त रकम र मोटरसाइकलसहित साहलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी पर्साले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *