‘अन्जिला’ हिम्मत गरेर निर्माण गरियो, फिल्मकर्मीको दायित्व सम्झेको छु : निर्देशक मिलन चाम्स [भिडिओ]

 प्रमिला कार्की यतिबेला नेपाली महिला फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बाको जीवन कथामा आधारित बायोपिक चलचित्र ‘अन्जिला’ यही फागुन २९ गते होलीको दिनदेखि हलमा प्रदर्शन हुने भएकाले त्यसकै दौडधुप चलिरहेको छ । बायोपिकमा आधारित यो मेरो तेस्रो चलचित्र हो । भर्खरै धरान र काठमाडौँमा यसको प्रिमियर पनि गरेका छौँ । एकदमै राम्रो प्रतिक्रिया आइरहेको छ । बायोपिक भन्नेबित्तिकै कुनै न कुनै प्रभावशाली व्यक्ति जसले देशमा केही न केही छाप छोडेको छ, त्यस्तो व्यक्तिहरुको नै बायोपिक बन्ने गर्दछ । त्यहाँबाट पनि थाहा हुन्छ यसमा केही न केही त सन्देश छ । एउटा खेलाडीको चलचित्र भएका कारणले नेपालमा पहिलोपटक फुटबल खेलाडीको बायोपिक तयार भएको हो । जुन एकदमै जोखिमपूर्ण हुन्छ । पहिलो कुरा बायोपिक चलचित्र बनाउँदा नै जोखिमका क्षेत्रहरु धेरै हुन्छन् । चलाउन एकदमै गाह्रो हुन्छ । लगानी सुनिश्चित नहुने धेरै सम्भावना हुन्छ । मानिसहरु धेरै बायोपिक चलचित्रमा लालाहित हुँदैन । तर, पनि हामीले हिम्मत गरेका छौँ । विशेषगरी निर्माता प्रेम कुमार...


 प्रमिला कार्की

यतिबेला नेपाली महिला फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बाको जीवन कथामा आधारित बायोपिक चलचित्र ‘अन्जिला’ यही फागुन २९ गते होलीको दिनदेखि हलमा प्रदर्शन हुने भएकाले त्यसकै दौडधुप चलिरहेको छ । बायोपिकमा आधारित यो मेरो तेस्रो चलचित्र हो । भर्खरै धरान र काठमाडौँमा यसको प्रिमियर पनि गरेका छौँ । एकदमै राम्रो प्रतिक्रिया आइरहेको छ ।

बायोपिक भन्नेबित्तिकै कुनै न कुनै प्रभावशाली व्यक्ति जसले देशमा केही न केही छाप छोडेको छ, त्यस्तो व्यक्तिहरुको नै बायोपिक बन्ने गर्दछ । त्यहाँबाट पनि थाहा हुन्छ यसमा केही न केही त सन्देश छ । एउटा खेलाडीको चलचित्र भएका कारणले नेपालमा पहिलोपटक फुटबल खेलाडीको बायोपिक तयार भएको हो । जुन एकदमै जोखिमपूर्ण हुन्छ । पहिलो कुरा बायोपिक चलचित्र बनाउँदा नै जोखिमका क्षेत्रहरु धेरै हुन्छन् । चलाउन एकदमै गाह्रो हुन्छ । लगानी सुनिश्चित नहुने धेरै सम्भावना हुन्छ । मानिसहरु धेरै बायोपिक चलचित्रमा लालाहित हुँदैन । तर, पनि हामीले हिम्मत गरेका छौँ ।

विशेषगरी निर्माता प्रेम कुमार श्रेष्ठ खेललाई एकदमै माया गर्नुहुन्छ । त्यसैले खेलका लागि पनि केही गर्नुपर्छ भनेर र सरकालाई पनि चलचित्रको माध्यमबाट नेपाली खेलाडीहरुको अवस्था यो छ है भन्ने जानकारी दिन पनि यो अर्थपूर्ण मानिन्छ । वास्तवमा यो चलचित्र एन्जिलाको संघर्षको कथा हो । संघर्ष बिनाको सफलता हामीले नसोचे पनि हुन्छ । यसले चाहिँ प्रेरणा दिन्छ सबैलाई । चलचित्र एउटा यस्तो माध्यम हो, जसले भिडिओको माध्यमबाट सारा संसारलाई जानकारी दिन्छ । भिडिओमा यतिबेला हाम्रो कथा भन्न सकेका छौँ । मूल सन्देश खेलसम्बन्धी र दोस्रो जीवनको भोगाइ हो । यसले केही न केही सिक्ने मौका दिएको छ ।

जहाँ जहाँ प्रिमियर गर्‍यौँ प्रतिक्रिया राम्रो आएको छ । पहिलो पटक हङकङमा प्रिमियर गर्‍यौँ, दोस्रो पटक युकेमा, तेस्रो कोरियामा र चौथो धरानमा गरेका हौँ । सबै किसिमका दर्शकलाई राम्रो प्रतिक्रिया आएको छ । व्यक्तिगत रुपमा मेरो करियरमा ‘अन्जिला’ ११औँ फिल्म हो । धेरै जनाले सबैभन्दा राम्रो फिल्म भन्नुभएको छ । तर, यस्तो प्रतिक्रियाले चलचित्रको व्यापार निर्धारण गर्दैन । चलचित्र आफैँले भाग्य लिएर आएको हुनुपर्छ । नेपालमा कतिपय अपेक्षा नगरेका चलचित्रहरुले एकदमै राम्रो व्यापार गरिरहेका छन् । अपेक्षा गरेकाले व्यापार नगरेको अवस्था पनि छ । त्यस हिसाबले यसै भन्न सकिन्न । तर, नेपाली जनताको खेलकुदप्रतिको जुन मोह छ, त्यसले चाहिँ दर्शकलाई हलसम्म जाने वातावण बनाउछ भन्ने आशा गरेको छु ।

चलचित्रकर्मी भएपछि आफ्नो दायित्व पनि हो । यस्तो खालको चलचित्र र कथाहरु समाजमा देखाउनुपर्छ ।यसलाई दायित्वका रुपमा लिनुपर्छ । प्रमुख कुरा त आर्थिक नै हो । किनकी अहिले साधारण एउटा राम्रो चलचित्र बनाउन दुईतीन करोड खर्च हुन्छ । पक्कै पनि एकजना निर्देशकलाई लगानीकर्ताको खाँचो अनिवार्य आवश्यक्ता हो । प्रेमजीले मलाई निर्देशकको रुपमा प्रस्ताव पनि गर्नुभयो, त्यहीँमाथि खेलमा मलाई रुची पनि छ । खेलाडीहरुलाई उच्च सम्मान गर्छु । त्यसैले पनि यो त गर्नुपर्छ, राम्रो अवसर हो भनेर पनि यसमा हात हालेको हुँ ।

नेपाली फिल्मलाई विश्वबजारमा
चलचित्र क्षेत्रमा दिग्गज व्यक्तिहरुले आफ्नो तर्फबाट लिड गर्ने प्रयास जहिले पनि गरिनै रहनुभएको थियो । हाम्रो पुस्ताको जति पनि कलाकारकर्मीहरु छौँ । हामीभन्दा पछाडिका पनि छन् । उहाँहरुले पनि पक्कै राम्रै गर्छु भनेर नै हिँडिराख्नुभएको होला । मैले आफ्नो तर्फबाट नेपाली चलचित्रलाई विश्व बजारमा चिनाउनका लागि कोसिस गरिरहेको छु । विदेशमा सुटिङ गरेका मेरा धेरै चलचित्रले सफलता पनि हासिल गरेका छन् । ‘गोर्खा वारियर’ बेलायतको सिनेवर्ल्ड लेस्टर स्क्वायर आइम्याक्स हलमा प्रिमियर हुने पहिलो नेपाली फिल्म बन्नु मेरा लागि मात्र नभइ विश्वभरका लागि नौलो सन्देश थियो ।

सिनेमा मेकिङ एकतिर रहे पनि प्रिमियर अर्को महत्त्वपूर्ण पार्टका रुपमा लिएको छु । आफ्नो देशलाई वा नेपाली चलचित्रलाई चिनाउनका लागि विभिन्न ठाउँमा प्रिमियर गर्दै आएको छु । राम्रो चलचित्र बनाउने र विश्व बजारमा चिनाउने प्रयास निरन्तर जारी राखेको छु । अहिले नेपाली सिनेमा धेरै राम्रो हुँदै पनि गइरहेको छ । त्यो सँगसँगे धेरै चुनौती पनि छन् । अहिले चलचित्र मेकिङ पहिलाजस्तो सानो पैसामा बन्छ भनेर नसोचे पनि हुन्छ । टेक्निसियनको खर्च उत्तिकै महँगो छ । पहिला लाइटहरु एकदम सस्तोमा चलाउथ्यौँ, अहिले डिजिटलाइज भएर लाइटहरु महँगिएको छ । एक हजार पर्ने लाइट अहिले १५ हजार, मेकअप आर्टिस्ट पहिला पाँच सयमा हायर गर्दथ्यौँ, अहिले राम्रो मेकअप आर्टिस्ट हायर गर्दा १८ देखि २० हजार लाग्छ । महँगी बढेको छ ।

समयअनुसार महँगाइ बढ्यो क्वालिटी पनि बढेको छ । अहिले हेर्ने हो भने चलचित्र यति धेरै बनिएको छ कि यो वर्ष मात्रै अघिल्ले वर्ष चलचित्र जति रिलिज भएको थियो त्यसको दोब्बरभन्दा बढी रिलिज हुँदै छ । प्रतिस्पर्धा बढेको छ, एकैचोटी चलचित्र धेरै रिलिज हुने भएपछि प्रतिस्पर्धा बढ्ने नै भयो । अन्जिला रिलिज हुने बेला अरु तीनवटा रिलिज हुँदै छन् । प्रतिस्पर्धा हुँदा हल नि बाँडफाँड हुन्छ । त्यसले दर्शकको मुडलाई निर्धारण गर्ने गर्छ ।

ड्रिम प्रोजेक्ट ‘सुन्निमा’
नयाँ आउन लागेको मेरो चलचित्र सुम्निमा युकेमा सुटिङ गर्दैछु । यो पूरै लभ स्टोरी फिल्म हो । घोषणा भइसकेको छ । जुलाई अगष्टमा नेपाल र युकेमा सुटिङ हुन्छ । व्यक्तिगत रुपमा भन्नुपर्दा गोर्खा वारियर नेपाली सिनेमा क्षेत्रको एकदमै ठुलो उपलब्धि मान्नुपर्छ । किन त्यो जुन ठाउँमा प्रिमियर भयो त्यो ठाउँमा जो कोहीले गर्न सक्दैन ।

इतिहास पल्टाएर हेर्ने हो भने बलिउडको पनि ‘लाइफ इन मेट्रो’ भन्ने फिल्मको प्रिमियर भएको थियो । त्यो पनि फिल्म बनाउनेहरु ब्रिटिस भएको हुनाले । विगत २० वर्षदेखि बेलायतको सिनेवर्ल्ड लेस्टर स्क्वायर आइम्याक्स हलमा प्रिमियर गर्छु भन्ने सपना थियो । सकेको थिइनँ । पहिलो कुरा खर्चालु हुने र दोस्रो कुरा सिस्टममा जानका लागि नै जोकोहीले सक्दैनन् । युके भन्नेबित्तिकै हेल्थ एण्ड सेफ्टीको कुरा आउँछ । सिस्टमका कुरा हुन्छ । त्यो प्रिमियरलाई मैले उपलब्धिको रुपमा किन लिएको छु ।

जुन ठाउँमा हलिउडका ठुला ठुला स्टारको मात्र प्रिमियर हुने गर्दछ । हामीले पनि त्यही नै देखेको हो । नेपाली फिल्मलाई त्यहाँ लाने जुन सपना देखे त्यो सपना पूरा भयो । पहिलो कुरा बेलायतको तत्कालीन प्रधानमन्त्रीले चलचित्रलाई शुभकामना सन्देश त्यो पनि पत्र काटेर पठाउनु भनेको एउटा नेपाली सिनेमा बनाउने व्यक्तिको लागि सामान्य कुरा होइन ।

हामी सानो ठाउँबाट गएको, अर्को कुरा प्रिमियरमा हलिउडका ठुला ठुला हस्तीहरु भिभिआइपी, मुख्य अथितिका रुपमा माथिल्लो सदनको प्रेसिडेन्ट लड माइकल हवार्ड हुनुहुन्थ्यो । ब्रिटेनलाई चलाउने व्यक्तिहरुको उपस्थिति थियो । त्यो बाहेक हाम्रो समुदायका पनि एकदमै नाम चलेका व्यक्तित्वहरु आउनुभएको थियो । त्यो अहिले सम्झिने हो भने सपना जस्तो लाग्छ ।

त्यो बेलाको कुरा सम्झिनुपर्दा काउन्सिलको सपोर्ट थियो । त्यो क्षणलाई सम्झिँदा एकदमै गर्व महसुस हुन्छ । नेपाली चलचित्रका लागि पनि त्यो एकदमै ठुलो कुरा थियो । करिब तीन सय वटाभन्दा बढी इन्टरनेसनल मिडियाले कभर गरिदिनुभएको थियो । एकदमै ठुला अखबारमा पनि अन्तर्वार्ता दिने मौका पाएको थिए । एउटा सिनेमा बनाउने मान्छे त्यो ठाँउमा गएर त्यति ठुलो ठाउँ पाउनु भनेको एकदमै ठुलो कुरा हो ।

नेपालमा भने सोचेको जस्ता सफलता पाउन सकिएन । जुन अपेक्षा गरिएको थियो त्यो भएन । यसको मुख्य कारण के हो भन्दा युद्धसम्बन्धी फिल्महरु बाहिरतिर धेरै नै चल्छन् । तर, नेपालल कसैको उपनिवेश हुनु नपरेको र युद्धमा सामेल हुन नपरेकाले नेपालमा खासै उपलब्धि हासिल गर्न सकिएन । यद्यपि, हेरेको जति सबैले मन पराउनुभएको छ । तर, हिस्ट्रोरिकल फिल्म सबैलाई मन पर्छ भन्ने हुँदैन । अलिकति पृथक थियो, त्यो हिसाबले नेपालमा अपेक्षा गरे अनुसार भएन । तथापि बाहिरबाट जुन खालको प्रतिक्रियाहरु आयो, जुन तरिकाले मन पराउनु भयो त्यो नै नेपाली सिनेमाको लागि ठुलो कुरा हो ।

विश्वले कस्तो फिल्म खोज्छ ?
पहिलो कुरा अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाली सिनेमा लाने हो भने गोर्खाली, भगवान गौतमबुद्ध, शेर्पा, सगरमाथालगायतका विषयमा सिनेमा बनाउनुपर्छ । यी भनेका ठुला ब्राण्ड हुन् । नेपालीले बनाएको अथवा नेपालसँग सम्बन्धित ब्राण्ड हो । तर, अन्य विषयमा झट्टै गइहाल्न गाह्रो छ । विश्वबजारमा यति धेरै सिनेमाहरु बन्छन्, त्यो बजारमा प्रतिस्पर्धा गर्नका लागि पहिलो कुरा हाम्रो कथा लानैपर्छ । हाम्रो कथामा पनि विश्वब्राण्डका महत्त्व भएको कुरा हुनुपर्छ जसले विश्वको ध्यान तान्न सकोस । यो तरिकाले जाने हो भने नेपाली सिनेमाको सम्भावना धेरै छ ।

तर, चुनौती भनेको फेरि नै लगानी हो । लगानीमा सरकारले सहजीकरण गरिदिनुपर्छ । विश्वबजारमा गइहाल्न फेस्टिबलहरुले मात्र पर्याप्त होइन । किनभने फेस्टिबलहरुमा ठुला ठुला बजेटका सिनेमाहरु गएको देखिँदैन । ठुला ठुला स्टार फिल्मले बक्सअफिसमा राम्रो व्यापार गरिसकेको हुन्छ । फेस्टिबलमा जाने वित्तिकै पैसा आउने होइन् । विभिन्न वहानामा उल्टै पैसा बुझाउदा बुझाउँदा हैरान हुन्छ । त्यसैले अन्तर्राष्ट्रिय बजार जाने हो भने पहिला ब्राण्ड समात्नुपर्छ अनि कथामा ध्यान दिनुपर्छ । सरकारले पनि नेपाली सिनेमालाई बुझ्न पर्‍यो ।

युकेको टेक्निसियनहरुको प्रयोगको आधारमा सरकारले पैसा दिन्छ । इन्डियामा साउथ मुभीहरुलाई मान्यता दिइँदैन । तर, सबसिटी दिन थालेपछि बलिउड सिनेमा फरक गतिमा अघि बढ्न थाल्यो । साना देशहरुले पनि सबसिटी दिने गरेको छ तर हाम्रो नेपालमा अझै बुझाइमै समस्या छ । धन्न नेपाली सिनेमा मेकरहरुले सिनेमा बनाइरहेका छन् । सरकारको यसमा ध्यान जाने हो भने नेपाली सिनेमाको स्तर पनि बढ्थ्यो नेपाल पनि प्रमोट हुन्थ्यो । उदाहरणको लागि मनाङ, मुस्ताङ, पोखरा फेमस भएको चलचित्र र गीतहरुले हो । त्यहाँ सुटिङ हुन थालेको ५०औँ वर्ष भइसक्यो । खासमा सरकारले गर्नुपर्ने कामहरु प्रशस्त देखिरहेको छु।

पारिश्रमिक र शो को सवाल
चलचित्रमा पारिश्रमिकको बहस अहिलेपनि जारी छ । पुरुषहरुको तुलनामा महिलाहरुले कम पारिश्रमिक पाए भन्ने गुनासो छ । यो संसारमा जहापनि पुरुषको तुलनामा महिलाहरुको पारिश्रमिक कम भएको पाइन्छ । सिनेमामा स्टार भ्यालुले मापन गर्छ । कसको सिनेमा चल्छ, कसको अनुहारलाई रुचाइन्छ भन्ने विषय प्राथमिकतामा पर्छ । नारी प्रधान, पुरुष प्रधान चलचित्र हुन्छ । अधिकाशंमा महिलाभन्दा पुरुष स्टार भएको देखिन्छ । मेरो चलचित्रमा प्राय त्यस्तो हुँदैन । मेरो चलचित्र सुम्निमामा नायिकाले बढंी पारिश्रमिक पाउने सम्भावना छ । समग्रमा हेर्दा बलिउड, हलिउडहरुमा पनि नायिकाहरुले कम पाएको देखिन्छ ।

नेपालमा नेपाली चलचित्र चलाउन पनि शो नपाउने हुन्छ । यसमा हामीहरु बलिउड, हलिउडबाट (डोमिनेट) पेलिएर पछाडि परेका छौँ । हल सञ्चालकको हल चलाउने व्यापार हो । त्यो उहाँहरुले आफ्नो स्वामित्वमा बनाएका हल हो । पैसा आउने ठाउँमा मेरो देशको सिनेमा हो भन्ने हलवालाले सोच्दैन । उसले व्यापारलाई हेर्छ हल सञ्चालकहरुको पनि आफ्नै समस्याहरु छन् । प्राथमिकता हलिउड बलिउडलाई नै दिने गर्छन् । यसलाई मैले व्यापारका रुपमा बुझेको छु । उसले त नाफा हेर्छ, नाफामा न राष्ट्रियता जोडिन्छ न आफ्नोपन । अपनत्व हुँदैन ।

विभिन्न चलचित्र संघहरु छन् । चलचित्र संघबाट हामीले आधिकारिकता नपाइकन चलचित्र चलाउन पाइँदैन । वितरणकको थ्रुबाट जानुपर्ने हुन्छ । यसमा मेरो धारणा के भने सबै हलहरु निजी भएपनि व्यापारी दृष्टिकोणबाट सोच्नु राम्रो मानिँदैन । नेपाली सिनेमाको विकासको लागि नेपाली दर्शकलाई नेपाली चलचित्र हेर्न बानी बनाउनुपर्ने अवस्था छ । कोटा सिस्टम लागु गर्नुपर्छ । २५ प्रतिशत हिन्दी, २५ प्रतिशत अंग्रेजी र ५० प्रतिशत नेपाली राख्यो भने त नेपाली सिनेमाले बढी ठाउँ पाउँछ ।

अन्जिलाले सबैको मन छुन्छ
अञ्जिला हामीले ठुलो आट र संघर्षले बनाएको सिनेमा हो । अञ्जिलाले हरेक व्यक्तिको मन छुन्छ । निर्देशकको आँखाबाट भन्दापनि दर्शक भएर बोल्नुपर्दा सिनेमा राम्रो बनेको छ । नेपालमा यस्तै पृथक र बायोपिक चलचित्र र राज्य र जनताले विर्सेका व्यक्तिहरुको चलचित्र बनाउने हो भने अञ्जिला चल्नुपर्छ । यो चल्यो भने महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ । किनभने यो चलेको खण्डमा अरु निर्माताहरु पनि यस्ता चलचित्र बनाउन लालाहित हुन्छन् । भोलिको दिनमा बैकुण्ठ मानन्धर, साम्बा अर्थात् सावित्रा भण्डारीको पनि राम्रो बायोपिक बन्न सक्छ । प्रीति राई, रेखा पौडेलको बन्न सक्छ । यो भावी पुस्ताको लागि डकुमेन्ट हो ।

एञ्जिलालाई यो चलचित्रमा लिन सुरुमा गाह्रो भएको थियो । एउटा फुटबलरले पनि फिल्ममा अभिनय गर्न सक्छ र भन्ने सोच मान्छेमा हुन्छ । तर, अभिनय भनेको जीवनको भोगाई हो । एञ्जिलालाई आफ्नै भूमिकामा अभिनय गर्नुपरेको भएर मलाई लाग्छ अप्ठेरो थिएन । हामीले सजिलो तरिका अपनायौँ । यसले सबैको मन जित्नेछ ।

(नेपाली फिल्म निर्माता एवम् निर्देशक मिलन चाम्ससँग नेपाल न्यूज बैंकले गरेको कुराकानीमा आधारित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *