जलवायु परिवर्तन न्यूनीकरणप्रति नेपाल दृढ प्रतिबद्ध छ : मन्त्री शाही

काठमाडौँ, ६ फागुन । वन तथा वातावरणमन्त्री ऐन बहादुर शाहीले नेपालको दिगो वन व्यवस्थापन र जलवायु परिवर्तन न्यूनीकरणप्रति सधैँ दृढ प्रतिबद्धता रहेको बताउनुभएको छ । मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रममा उहाँले नेपाल सरकार विभिन्न राष्ट्र तथा अन्तर्राष्ट्रिय पहलहरुमार्फत् जलवायु परिवर्तन न्यूनीकरणमा निरन्तर समर्पित रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘नेपालको दिगो वन व्यवस्थापन, जैविक विविधता संरक्षण र जलवायु परिवर्तन न्यूनीकरणप्रति दृढ प्रतिबद्धता रहेको कुरा यहाँ राख्न चाहन्छु । नेपाल सरकार विभिन्न राष्ट्र तथा अन्तर्राष्ट्रिय पहलहरूमार्फत् जलवायु परिवर्तन न्यूनीकरणमा निरन्तर समर्पित रहेको छ । हामी अन्य साझेदारहरुको प्राविधिक ज्ञान, वित्तीय सहयोग तथा क्षमता विकासका कार्यमा सहयोग पुर्‍याउनु भएकोमा धन्यवाद भन्न चाहन्छु ।’ यसका साथै उहाँले आजको यो संवाद सहकार्यलाई अझ बलियो बनाउने भन्दै असल अभ्यासहरुमा र सामूहिक रुपमा चुनौतीहरुको समाधान खोज्न पनि महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । वातावरण संरक्षण नियमावली र नयाँ रणनीतिको अन्तिम चरणमा काम भइरहेको पनि उहाँले जानकारी गराउनुभयो ।

काठमाडौँ, ६ फागुन । वन तथा वातावरणमन्त्री ऐन बहादुर शाहीले नेपालको दिगो वन व्यवस्थापन र जलवायु परिवर्तन न्यूनीकरणप्रति सधैँ दृढ प्रतिबद्धता रहेको बताउनुभएको छ ।

मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रममा उहाँले नेपाल सरकार विभिन्न राष्ट्र तथा अन्तर्राष्ट्रिय पहलहरुमार्फत् जलवायु परिवर्तन न्यूनीकरणमा निरन्तर समर्पित रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘नेपालको दिगो वन व्यवस्थापन, जैविक विविधता संरक्षण र जलवायु परिवर्तन न्यूनीकरणप्रति दृढ प्रतिबद्धता रहेको कुरा यहाँ राख्न चाहन्छु । नेपाल सरकार विभिन्न राष्ट्र तथा अन्तर्राष्ट्रिय पहलहरूमार्फत् जलवायु परिवर्तन न्यूनीकरणमा निरन्तर समर्पित रहेको छ । हामी अन्य साझेदारहरुको प्राविधिक ज्ञान, वित्तीय सहयोग तथा क्षमता विकासका कार्यमा सहयोग पुर्‍याउनु भएकोमा धन्यवाद भन्न चाहन्छु ।’

यसका साथै उहाँले आजको यो संवाद सहकार्यलाई अझ बलियो बनाउने भन्दै असल अभ्यासहरुमा र सामूहिक रुपमा चुनौतीहरुको समाधान खोज्न पनि महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

वातावरण संरक्षण नियमावली र नयाँ रणनीतिको अन्तिम चरणमा काम भइरहेको पनि उहाँले जानकारी गराउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *