प्रकृति लम्सालको न्यायका लागि तत्काल उच्चस्तरीय राजनीतिक संवाद गर्न माग

काठमाडौँ, ६ फागुन । नेकपा (माओवादी)का सांसद माधव सापकोटाले मृतक प्रकृति लम्सालको न्यायको लागि तत्काल सरकारको तर्फबाट उच्चस्तरीय राजनीतिक संवाद थालनी गर्न माग गर्नुभएको छ । मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्नुहुँदै उहाँले उच्चस्तरीय राजनीतिक संवाद यथाशीघ्र थालनी गरेर समस्याको समाधान गर्न माग गर्नुभएको हो । उहाँले भन्नुभयो,‘सरकारको तीव्र पहल कदमीका लागि माग गर्न चाहन्छु । र मृत प्रकृति लम्साल र उनका परवारलाई न्याय दिन सरकारको तर्फबाट उच्चस्तरीय राजनीतिक संवाद यथाशीघ्र थालनी गरेर समस्याको समाधान गर्न जोडदार माग गर्छु ।’ त्यस्तै, उहाँले नेपाली छात्रा लम्सालको भारतमा भएको रहस्यपूर्ण मृत्युको विरोधमा नेपाली विद्यार्थीहरु उत्रिँदा नेपालको कूटनीतिक सम्बन्ध राम्रो नहुँदा अपमानजनक व्यवहार भएकोमा आपत्ति जनाउनुभयो । उहाँले भन्नुभयो,‘भारतको उडिसास्थित केआइआइटी विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्सालको रहस्यपूर्ण मृत्यु भयो । त्यसपछि नेपाली विद्यार्थीहरुले न्यायको माग गरेर विरोध गर्नुभयो । त्यहाँ अपमानजनक काम गरियो अमानविय क्रियाकलाप गरियो र सिङ्गो नेपालमाथि धावा बोलियो । तर, सरकारको कूटनीति असक्षमका कारण त्यहाँ असुरक्षित र अपमानजनक व्यवहार नेपाली...

प्रकृति लम्सालको न्यायका लागि तत्काल उच्चस्तरीय राजनीतिक संवाद गर्न माग

काठमाडौँ, ६ फागुन । नेकपा (माओवादी)का सांसद माधव सापकोटाले मृतक प्रकृति लम्सालको न्यायको लागि तत्काल सरकारको तर्फबाट उच्चस्तरीय राजनीतिक संवाद थालनी गर्न माग गर्नुभएको छ ।

मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्नुहुँदै उहाँले उच्चस्तरीय राजनीतिक संवाद यथाशीघ्र थालनी गरेर समस्याको समाधान गर्न माग गर्नुभएको हो ।

उहाँले भन्नुभयो,‘सरकारको तीव्र पहल कदमीका लागि माग गर्न चाहन्छु । र मृत प्रकृति लम्साल र उनका परवारलाई न्याय दिन सरकारको तर्फबाट उच्चस्तरीय राजनीतिक संवाद यथाशीघ्र थालनी गरेर समस्याको समाधान गर्न जोडदार माग गर्छु ।’

त्यस्तै, उहाँले नेपाली छात्रा लम्सालको भारतमा भएको रहस्यपूर्ण मृत्युको विरोधमा नेपाली विद्यार्थीहरु उत्रिँदा नेपालको कूटनीतिक सम्बन्ध राम्रो नहुँदा अपमानजनक व्यवहार भएकोमा आपत्ति जनाउनुभयो ।

उहाँले भन्नुभयो,‘भारतको उडिसास्थित केआइआइटी विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्सालको रहस्यपूर्ण मृत्यु भयो । त्यसपछि नेपाली विद्यार्थीहरुले न्यायको माग गरेर विरोध गर्नुभयो । त्यहाँ अपमानजनक काम गरियो अमानविय क्रियाकलाप गरियो र सिङ्गो नेपालमाथि धावा बोलियो । तर, सरकारको कूटनीति असक्षमका कारण त्यहाँ असुरक्षित र अपमानजनक व्यवहार नेपाली विद्यार्थीले सामना गर्नुपरिरहेको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *