नेपाल पुलिस क्लब आहा रारा पोखरा गोल्डकपको फाइनलमा

पोखरा, ३० माघ । नेपाल पुलिस क्लब २४औँ आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । बुधबार पोखरा रंगशालामा चर्च ब्वाइज युनाइटेडलाई १–० ले पराजित गर्दै पुलिस क्लब २४औँ संस्करणको उपाधि नजिक पुगेको हो । पुलिस आहा राराको सर्वाधिक उपाधि जित्ने टोलीमध्ये एक हो । पुलिस र मनाङ मर्स्याङ्दी क्लबले समान ६ पटक पोखरा उपाधि जितेको छ । पुलिस पछि मनाङ सर्वाधिक १० पटक फाइनल खेल्ने टोली हो । पुलिसले थ्री स्टार क्लब र उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीबीचको विजेतासँग शनिबार फाइनल खेल्ने छ ।

नेपाल पुलिस क्लब आहा रारा पोखरा गोल्डकपको फाइनलमा

पोखरा, ३० माघ । नेपाल पुलिस क्लब २४औँ आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।

बुधबार पोखरा रंगशालामा चर्च ब्वाइज युनाइटेडलाई १–० ले पराजित गर्दै पुलिस क्लब २४औँ संस्करणको उपाधि नजिक पुगेको हो ।

पुलिस आहा राराको सर्वाधिक उपाधि जित्ने टोलीमध्ये एक हो । पुलिस र मनाङ मर्स्याङ्दी क्लबले समान ६ पटक पोखरा उपाधि जितेको छ । पुलिस पछि मनाङ सर्वाधिक १० पटक फाइनल खेल्ने टोली हो ।

पुलिसले थ्री स्टार क्लब र उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीबीचको विजेतासँग शनिबार फाइनल खेल्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *