महोत्तरीको माईस्थान नजिक बस दुर्घटना, ३० जना घाइते

महोत्तरी, २७ माघ । महोत्तरीमा यात्रुवाहक बस दुर्घटनामा हुँदा ३० जना घाइते भएका छन् । जनकपुरबाट बरथहवाका लागि छुटेको ना५ख २८५१ नम्बरको बस दुर्घटनामा परेको महोत्तरी प्रहरीले जनाएको छ । बस महोत्तरीको माईस्थानबाट तीन किलोमिटर पश्चिमतिरको जंगलमा अनियन्त्रित भइ दुर्घटना भएको हो । बसमा सवार ४० जना यात्रुमध्ये ६ जनाको अवस्था मध्यम रहेको छ भने बाँकी सामान्य घाइते भएका छन् । घाइतेहरुको बर्दिवासमा उपचार भइरहेको छ भने पक्राउ परेका चालकलाई अनुसन्धानका लागि प्रहरीले हिरासतमा राखेको महोत्तरी प्रहरीले जनाएको छ ।

महोत्तरीको माईस्थान नजिक  बस दुर्घटना, ३० जना घाइते

महोत्तरी, २७ माघ । महोत्तरीमा यात्रुवाहक बस दुर्घटनामा हुँदा ३० जना घाइते भएका छन् । जनकपुरबाट बरथहवाका लागि छुटेको ना५ख २८५१ नम्बरको बस दुर्घटनामा परेको महोत्तरी प्रहरीले जनाएको छ ।

बस महोत्तरीको माईस्थानबाट तीन किलोमिटर पश्चिमतिरको जंगलमा अनियन्त्रित भइ दुर्घटना भएको हो ।

बसमा सवार ४० जना यात्रुमध्ये ६ जनाको अवस्था मध्यम रहेको छ भने बाँकी सामान्य घाइते भएका छन् ।

घाइतेहरुको बर्दिवासमा उपचार भइरहेको छ भने पक्राउ परेका चालकलाई अनुसन्धानका लागि प्रहरीले हिरासतमा राखेको महोत्तरी प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *