गैरसरकारी जलन विधेयक तत्काल सदनमा पेस गर्न माग

काठमाडौँ, २७ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की बिन्दावासिनी कंसाकारले गैरसरकारी जलन विधेयक तत्काल सदनमा पेस गर्न माग गर्नुभएको छ । आइतबार बसेको प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्नुहुँदै उहाँले सदनमा गैरसरकारी जलन विधेयक दर्ता भइसक्दा पनि र किन छलफलमा ल्याइएको छैन ? भनेर प्रश्न समेत गर्नुभयो । उहाँले भन्नुभयो,‘सदनमा गैरसरकारी जलन विधेयक दर्ता भइसकेको छ । तर, किन यो विधेयक छलफलमा ल्याइएको छैन ? यो केवल कानुनी विषय मात्र होइन । नागरिकको जीवनरक्षासँग प्रत्यक्ष जोडिएको संवेदनशील विषय पनि हो । गैरसरकारी जलन विधेयक तत्काल सदनमा पेस गर्न अनुरोध गर्दछु ।’ त्यस्तै, डढेलोको जोखिम उच्च भइरहेको अवस्थामा सरकारले यसको पूर्वतयारी के कस्तो गरिरहेको छ भनेर उहाँले प्रश्न गर्नुभयो ।

गैरसरकारी जलन विधेयक तत्काल सदनमा पेस गर्न माग

काठमाडौँ, २७ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की बिन्दावासिनी कंसाकारले गैरसरकारी जलन विधेयक तत्काल सदनमा पेस गर्न माग गर्नुभएको छ ।

आइतबार बसेको प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्नुहुँदै उहाँले सदनमा गैरसरकारी जलन विधेयक दर्ता भइसक्दा पनि र किन छलफलमा ल्याइएको छैन ? भनेर प्रश्न समेत गर्नुभयो ।

उहाँले भन्नुभयो,‘सदनमा गैरसरकारी जलन विधेयक दर्ता भइसकेको छ । तर, किन यो विधेयक छलफलमा ल्याइएको छैन ? यो केवल कानुनी विषय मात्र होइन । नागरिकको जीवनरक्षासँग प्रत्यक्ष जोडिएको संवेदनशील विषय पनि हो । गैरसरकारी जलन विधेयक तत्काल सदनमा पेस गर्न अनुरोध गर्दछु ।’

त्यस्तै, डढेलोको जोखिम उच्च भइरहेको अवस्थामा सरकारले यसको पूर्वतयारी के कस्तो गरिरहेको छ भनेर उहाँले प्रश्न गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *