सिंगो राज्य शक्ति रवि लामिछानेमाथि खनिएको छ : स्वर्णिम वाग्ले

काठमाडौँ, १८ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.स्वर्णिम वाग्लेले सिङ्गो राज्य शक्ति नै रवि लामिछानेमाथि प्रतिशोध र पूर्वाग्रहकासाथ खनिएको बताउनुभएको छ । शुक्रबारदेखि सुरु भएको प्रतिनिधि सभाको पाँचौँ अधिवेशनलाई सम्बोधन गर्नुहुँदै उहाँले संविधानको धारामा टेकेर नै बनाएको नियमावलीको प्रावधानलाई बेवास्ता गर्दै रास्वपाका सभापति लामिछानेको सांसद निलम्बन गरिएको भन्दै त्यसको कानुनी उपचार खोज्ने बताउनुभयो । उहाँले भन्नुभयो,‘संसदमा एउटा विशेष व्यक्ति अनुपस्थिति छ । नेपालको संसदीय इतिहासमा झण्डै ५० हजार मत ल्याएर दुई पटक विजयी भएको चितवन क्षेत्र नम्बर २ का सांसद तथा हाम्रो पार्टीको सभापति रवि लामिछाने आज उपस्थित हुनुहुन्न । यहाँका सबै सांसदहरुको सर्वसम्मत रुपमा बनाएको संविधानको धारामा टेकेर नै बनाएको विशेष नियमावलीको प्रावधानलाई बेवास्ता गर्दै उहाँलाई निलम्बन गरिएको छ । यसको कानुनी उपचार र निधान हामी खोज्छौँ । सिङ्गो राज्य शक्ति नै लामिछानेमाथि प्रतिशोध र पूर्वाग्रहकासाथ खनिएको छ ।’ उहाँले नयाँ शक्ति विभिन्न चरणमा गुज्रिने भन्दै अहिले रास्वपा तेस्रो चरणको भिषण आक्रमणबाट गुज्रिरहेको महसुस भएको बताउनुभयो । चौथो...

काठमाडौँ, १८ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.स्वर्णिम वाग्लेले सिङ्गो राज्य शक्ति नै रवि लामिछानेमाथि प्रतिशोध र पूर्वाग्रहकासाथ खनिएको बताउनुभएको छ ।

शुक्रबारदेखि सुरु भएको प्रतिनिधि सभाको पाँचौँ अधिवेशनलाई सम्बोधन गर्नुहुँदै उहाँले संविधानको धारामा टेकेर नै बनाएको नियमावलीको प्रावधानलाई बेवास्ता गर्दै रास्वपाका सभापति लामिछानेको सांसद निलम्बन गरिएको भन्दै त्यसको कानुनी उपचार खोज्ने बताउनुभयो ।

उहाँले भन्नुभयो,‘संसदमा एउटा विशेष व्यक्ति अनुपस्थिति छ । नेपालको संसदीय इतिहासमा झण्डै ५० हजार मत ल्याएर दुई पटक विजयी भएको चितवन क्षेत्र नम्बर २ का सांसद तथा हाम्रो पार्टीको सभापति रवि लामिछाने आज उपस्थित हुनुहुन्न । यहाँका सबै सांसदहरुको सर्वसम्मत रुपमा बनाएको संविधानको धारामा टेकेर नै बनाएको विशेष नियमावलीको प्रावधानलाई बेवास्ता गर्दै उहाँलाई निलम्बन गरिएको छ । यसको कानुनी उपचार र निधान हामी खोज्छौँ । सिङ्गो राज्य शक्ति नै लामिछानेमाथि प्रतिशोध र पूर्वाग्रहकासाथ खनिएको छ ।’

उहाँले नयाँ शक्ति विभिन्न चरणमा गुज्रिने भन्दै अहिले रास्वपा तेस्रो चरणको भिषण आक्रमणबाट गुज्रिरहेको महसुस भएको बताउनुभयो । चौथो चरण अस्थित्वको स्वीकार्यता, प्रवेश, विस्तार र दिग विजय रहेको र आफूहरु चौैथो चरणमा जान पूर्णरुपमा आत्मविश्वासकासाथ अगाडि बढेको पनि उहाँले जानकारी दिनुभयो ।

उहाँले नेपालको जाँचबुझ आयोग ऐनअन्तर्गत पूर्वप्रधान न्यायाधीश वा न्यायाधीशको अध्यक्षतामा न्यायिक आयोग अब गठन हुनुपर्ने माग राख्नुभयो । सबै राजकीय पद ग्रहण गरेका नेताको सम्पत्ति छानबिन गर्ने गरेर अब हामी अगाडि जानुपर्ने उहाँको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *