वर्तमान व्यवस्था ल्याएकाहरु नै सत्तामा गएपछि देश डुबाउने हर्कतमा लागेका छन् : डा.भट्टराई

काठमाडौँ, १६ माघ । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले राजतन्त्रलाई फ्यकेर संघीय लोकतान्त्रिक गणतन्त्र ल्याएका मानिसहरु नै सत्तामा गएपछि देशलाई डुबाउने हर्कतमा लागेको बताउनुभएको छ । बुधबार काठमाडौँमा आयोजित नेपाल समाजवादी विद्यार्थी युनियनको दोश्रो राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्नुहुँदै उहाँले अहिले राजनीतिक परिवर्तनपछिको आर्थिक युग रहेको भन्दै व्यवस्थाभित्र रहेका कमी कमजोरीहरु पत्ता लगाएर देशलाई समृद्ध बनाउनेतर्फ केन्द्रित हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘जसले हामी खुकुरी हान्दा पनि नडगमगाई आन्दोलनमा गइयो, हिजोको राजतन्त्रलाई फ्याकेर संघीय लोकतान्त्रिक गणतन्त्र ल्याएका मानिसहरु हौँ हामी । तर, तिनै मानिस सत्तामा जाँदा उहीँ हर्कत गर्ने ? भ्रष्टाचार गर्ने ? अनेक काण्ड गरेर देशलाई डुबाउने ? हामी फेरि परिवर्तन ल्याउँछौँ । राजनीतिक परिवर्तन पछिको आर्थिक युग जुन छ त्यसको हामीले शक्ति आर्जन गरेर यो व्यवस्थभित्र रहेका जुन कमी कमजोरीहरु छन् सुशासनको कुरामा केन्द्रीय भएर हाम्रै जीवनकालमा यो देशलाई समृद्ध बनाउँछौँ ।’ त्यस्तै, उहाँले समाजवादी विद्यार्थी युनियनलाई अरु पुराना पार्टीको जस्तो झोले बनाएर ठाडो आदेश नगर्ने बताउनुभयो ।...

वर्तमान व्यवस्था ल्याएकाहरु नै सत्तामा गएपछि देश डुबाउने हर्कतमा लागेका छन् : डा.भट्टराई

काठमाडौँ, १६ माघ । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले राजतन्त्रलाई फ्यकेर संघीय लोकतान्त्रिक गणतन्त्र ल्याएका मानिसहरु नै सत्तामा गएपछि देशलाई डुबाउने हर्कतमा लागेको बताउनुभएको छ ।

बुधबार काठमाडौँमा आयोजित नेपाल समाजवादी विद्यार्थी युनियनको दोश्रो राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्नुहुँदै उहाँले अहिले राजनीतिक परिवर्तनपछिको आर्थिक युग रहेको भन्दै व्यवस्थाभित्र रहेका कमी कमजोरीहरु पत्ता लगाएर देशलाई समृद्ध बनाउनेतर्फ केन्द्रित हुनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘जसले हामी खुकुरी हान्दा पनि नडगमगाई आन्दोलनमा गइयो, हिजोको राजतन्त्रलाई फ्याकेर संघीय लोकतान्त्रिक गणतन्त्र ल्याएका मानिसहरु हौँ हामी । तर, तिनै मानिस सत्तामा जाँदा उहीँ हर्कत गर्ने ? भ्रष्टाचार गर्ने ? अनेक काण्ड गरेर देशलाई डुबाउने ? हामी फेरि परिवर्तन ल्याउँछौँ । राजनीतिक परिवर्तन पछिको आर्थिक युग जुन छ त्यसको हामीले शक्ति आर्जन गरेर यो व्यवस्थभित्र रहेका जुन कमी कमजोरीहरु छन् सुशासनको कुरामा केन्द्रीय भएर हाम्रै जीवनकालमा यो देशलाई समृद्ध बनाउँछौँ ।’

त्यस्तै, उहाँले समाजवादी विद्यार्थी युनियनलाई अरु पुराना पार्टीको जस्तो झोले बनाएर ठाडो आदेश नगर्ने बताउनुभयो । विद्यार्थी संगठनलाई कुनै पनि किसिमको हस्पक्षेप नगरी स्वायत्तता बनाउने उहाँले प्रतिवद्धता जनाउनुभयो ।

उहाँले भन्नुभयो, ‘हामीले अरु पुराना पार्टीको जस्तो झोले बनाएर र पूरै ठाडो आदेश गर्ने विद्यार्थी सम्मेलनमा पनि कसैको आदेश हुन्छ ? हामीले सुनिरहेको हुन्छौँ । सबैभन्दा क्रान्तिकारी भनिएको हाम्रो साथिहरुको पनि कहिले पानी खन्याइदिने कसैलाई जलाइदिने गरेर आफ्नै मान्छे राख्ने खराब प्रवृत्ति एकतर्फ छ भने हामी त्यसरी हस्तक्षेप गर्दैनौँ । हाम्रो विद्यार्थी संगठन स्वायत्तत्ता हुन्छन् । विधानमा मै लेखेको छौँ ।’

राजनीतिक स्थिरता भयो, प्रत्येक्ष निर्वाचन प्रणालीबाट पाँच वर्ष प्रत्येक्ष रुपमा सरकार चलाउन पाइयो भने २० वर्षभित्र नेपाललाई अहिलेको गरिबीको अवस्थाबाट समृद्धिको अवस्थामा पुर्‍याउन सकिने उहाँको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *