चितुवा मृत अवस्थामा फेला

चितुवा मृत अवस्थामा फेला

रौतहट, १ माघ । रौतहटको बलेरीको नहरमा एक चितुवा मृत अवस्थामा फेला परेको छ । चितुवाको मुखबाट रगत आएको कारण चोरी सिकारीले मारेको हुन सक्ने आँकलन गरिएको छ ।

यद्यपि, चितुवा नहरको पानीले बगाएर ल्याएको अवस्थामा फेला परेको स्थानियले बताएका छन् । चोरी सिकारीको उद्देश्यले मारेको हुन सक्ने स्थानीय रुप नारायण पटेलले बताउनुभयो ।

उहाँका अनुसार वृन्दावन नगरपालिका–१ बलेरीको नहरबाट कृषकको खेतसम्म आइपुगेको हो । तर, डिभिजन वन कार्यालय रौतहटले सिकारीले मारेको नभइ आफैँ मरेको बताएको छ ।

चितुवाको प्रकृति हेर्दा कालगतीले मरेको देखिएको डिभिजन वन कार्यालय रौतहटका निमित्त प्रमुख राम गणेश साहले बताउनुभयो । यस विषयमा अनुसन्धान गरिने उहाँले जानकारी दिनुभयो ।

मरेको चितुवालाई स्थानीय प्रशासन र जनप्रतिनिधिको रोहबरमा खाडल खनेर पुरिएको छ । पछिल्लो समय रौतहटको वनमा लोपोन्मुख वन्यजन्तु देखा पर्न थालेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *