![गायिका पूर्णिमा लामाले ल्याइन् ‘पुरानो घाउ’ [भिडिओ] गायिका पूर्णिमा लामाले ल्याइन् ‘पुरानो घाउ’ [भिडिओ]](https://hamrosambad.com/wp-content/uploads/2024/10/Purnima-Lama-1.jpg)
काठमाडौँ, १२ कात्तिक । गायिका पूर्णिमा लामाको स्वरमा ‘पुरानो घाउ’ बोलको गीतको भिडिओ सार्वजनिक भएको छ ।
गायिका लामाकै शब्द, संगीत रहेको सार्वजनिक गीतमा नारायन दंगालले एरेन्ज गर्नुभएको छ । धेरै माया गरेको प्रेमीले धोका दिएपछि प्रेमिकाले देखाएको एकतर्फी मायालाई देखाइएको भिडिओमा गायिका पूर्णिमा लामा स्वयम फिचर्ड हुनुहुन्छ ।
भिडिओमा उहाँ निकै भावुक देखिनुभएको छ । शुक्र लामाले तयार पार्नुभएको भिडिओको सम्पादन त्रिलोक लामाले गर्नुभएको छ । प्रेम, वियोगले भरिएको पुरानो घाउ बोलको गीतको भिडिओ गायिका लामाकै अफिसियल च्यानलबाट सार्वजनिक गरिएको हो ।