केएमसी कलेज प्रशासनमाथि प्रश्न उठाउँदा आवासीय चिकित्सकमाथि कारबाही

पोष्ट ग्रेजुयट (स्नातकोत्तर) तह दोस्रो वर्षका विद्यार्थी डा. विशद दाहाललाई निलम्बन गरेको हो । कलेजका प्राचार्य प्रा.डा. रतिन्द्रनाथ श्रेष्ठले विज्ञप्ति जारी गर्दै १२ पुस देखि लागू हुने गरी पीजी कार्यक्रमका कुनै पनि गतिविधिहरुमा सहभागी हुन नपाउने गरी दाहाललाई एक महिना निलम्बन गरेको उल्लेख छ । उनले आवासीय डाक्टरले पालना गर्नुपर्ने कर्तव्य र अनुशासनको उल्लंघन गरेको कलेजको आरोप छ । डा. दाहाललाई काठमाडौंको गैह्रीगाउँस्थित सुकुम्बासी बस्तीमा आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरमा खटाइएकोमा सहभागी नभएको र बुधबार विभागीय प्रमुखसँग बैठकले गरेको निर्णयलाई पनि उल्लंघन गरेको कलेज प्रशासनले बताएको छ । दाहाल भने कलेजले आवासीय चिकित्सकमाथि भइरहेको अमानवीय व्यवहारविरुद्ध बोल्दा कारबाही गरिएको बताउँछन् । डा. दाहालसहित आवासीय चिकित्सकले स्वास्थ्य शिविरका नाममा विद्यार्थीमाथि अमानवीय व्यवहार भइरहेको भन्दै त्यसको विरोध गर्दै आएका थिए । पाठ्यक्रममा समावेश नभएका क्रियाकलापमा पनि पटक पटक क्याम्प र पोस्टिङमा खटाएको र त्यसक्रममा अमानवीय व्यवहार भएको उनीहरुको गुनासो छ । शिविरका क्रममा कलेज प्रशासनले एक छाक मात्र खान दिने, रातभर यात्रा...

केएमसी कलेज प्रशासनमाथि प्रश्न उठाउँदा आवासीय चिकित्सकमाथि कारबाही

पोष्ट ग्रेजुयट (स्नातकोत्तर) तह दोस्रो वर्षका विद्यार्थी डा. विशद दाहाललाई निलम्बन गरेको हो । कलेजका प्राचार्य प्रा.डा. रतिन्द्रनाथ श्रेष्ठले विज्ञप्ति जारी गर्दै १२ पुस देखि लागू हुने गरी पीजी कार्यक्रमका कुनै पनि गतिविधिहरुमा सहभागी हुन नपाउने गरी दाहाललाई एक महिना निलम्बन गरेको उल्लेख छ । उनले आवासीय डाक्टरले पालना गर्नुपर्ने कर्तव्य र अनुशासनको उल्लंघन गरेको कलेजको आरोप छ ।

डा. दाहाललाई काठमाडौंको गैह्रीगाउँस्थित सुकुम्बासी बस्तीमा आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरमा खटाइएकोमा सहभागी नभएको र बुधबार विभागीय प्रमुखसँग बैठकले गरेको निर्णयलाई पनि उल्लंघन गरेको कलेज प्रशासनले बताएको छ ।

दाहाल भने कलेजले आवासीय चिकित्सकमाथि भइरहेको अमानवीय व्यवहारविरुद्ध बोल्दा कारबाही गरिएको बताउँछन् । डा. दाहालसहित आवासीय चिकित्सकले स्वास्थ्य शिविरका नाममा विद्यार्थीमाथि अमानवीय व्यवहार भइरहेको भन्दै त्यसको विरोध गर्दै आएका थिए ।

पाठ्यक्रममा समावेश नभएका क्रियाकलापमा पनि पटक पटक क्याम्प र पोस्टिङमा खटाएको र त्यसक्रममा अमानवीय व्यवहार भएको उनीहरुको गुनासो छ । शिविरका क्रममा कलेज प्रशासनले एक छाक मात्र खान दिने, रातभर यात्रा गराएर बिहान बिरामी जाँच गर्न लगाएको उनीहरु बताउँछन् । शिविरकै क्रममा आवासीय चिकित्सकलाई गम्भीर रक्तश्राव तथा छारे आउँदा समेत शिविर नरोकिएको डा. दाहालले बताए ।

आवासीय चिकित्सकहरुले कलेज प्रशासनसहित चिकित्सा शिक्षा आयोगमा समेत उजुरी दिएका थिए ।

कलेज प्रशासनलाई बुझाएको सामुहिक पत्रमा पाठ्यक्रम भन्दा बाहिरका यस्ता शिविरमा संलग्न नहुने उल्लेख गरेका थिए । रेजिडेन्टको आधा समयमा अस्पताल बाहिर खटाउन थालेको र त्यसले आफ्नो सिकाइ तथा अध्ययनमा गम्भीर असर पर्न थालेको उनीहरुको गुनासो छ ।

तर कलेज प्रशासनले आवासीय चिकित्सक दाहाललाई एक महिना निलम्बन गर्ने निर्णय गरेको छ । केएमसीका आवासीय चिकित्सकले भने अन्याय विरुद्ध आवाज उठाउँदा कारबाही गरिएको भन्दै उक्त निर्णय तत्कालै फिर्ता लिन माग गरेका छन् ।