गंगालाल अस्पतालमा पहिलो पटक भएको मुटुको ‘निकाइडो’ शल्यक्रिया के हो, कसरी गरिएको थियो?

शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा पहिलोपटक पटक मुटुको दुर्लभ मानिने ‘निकाइडो’ शल्यक्रिया सम्पन्न भएको छ। सफलतापूर्वक सम्पन्न भएको उक्त शल्यक्रियापछि बिरामीको अवस्था सामान्य भएको छ। स्याङ्जा निवासी ७ वर्षीया बालिकामा ९ घण्टा लामो समय लगाएर शल्यक्रिया गरिएको हो। ती बालिकामा जन्मजात मुटु रोगका कारण शल्यक्रिया गर्नु पर्ने अवस्था आएको थियो। चिकित्सकिय भाषामा बालिकामा ट्र्रान्सपोजिसन अफ ग्रेट आर्टिरिज, भेन्ट्र्रिकुलर सेप्टल डिफेक्ट, पल्मोनरी स्टेनोसीस भनिने मुटुको समस्या थियो। यस्तो समस्यामा मुटुको देब्रे खण्डबाट निस्किनु पर्ने मूल धमनी (एओर्टा) दाहिने खण्डबाट निस्केको र दाहिने खण्डबाट निस्किनु पर्ने पल्मोनरी आर्टरी देब्रे खण्डबाट निस्केर साँगुरिनुका साथै मुटुको तल्लो भागको दुई वटा कोठाको बीचमा ठूलो प्वाल भेन्ट्र्रीकुलर सेप्टल डिफेक्ट थियो। यस प्रकारको समस्या बच्चा जन्मदाँ नै बनावटमा आएको समस्याका कारणले हुने गर्छ । ती बालिकाको डा रविन्द्रभक्त तिमलाको नेतृत्वको टोलीले सफल शल्यक्रिया गरेको हो। शल्यक्रियामा डा तिमलासहित डा मारिषा अर्याल, डा सुजन बोहरा र एनेस्थेसियामा डा स्मृती महाजु लगायतको टोली सहभागि थिए। के हो निकाइडो शल्यक्रिया?...

शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा पहिलोपटक पटक मुटुको दुर्लभ मानिने ‘निकाइडो’ शल्यक्रिया सम्पन्न भएको छ। सफलतापूर्वक सम्पन्न भएको उक्त शल्यक्रियापछि बिरामीको अवस्था सामान्य भएको छ।

स्याङ्जा निवासी ७ वर्षीया बालिकामा ९ घण्टा लामो समय लगाएर शल्यक्रिया गरिएको हो। ती बालिकामा जन्मजात मुटु रोगका कारण शल्यक्रिया गर्नु पर्ने अवस्था आएको थियो। चिकित्सकिय भाषामा बालिकामा ट्र्रान्सपोजिसन अफ ग्रेट आर्टिरिज, भेन्ट्र्रिकुलर सेप्टल डिफेक्ट, पल्मोनरी स्टेनोसीस भनिने मुटुको समस्या थियो। यस्तो समस्यामा मुटुको देब्रे खण्डबाट निस्किनु पर्ने मूल धमनी (एओर्टा) दाहिने खण्डबाट निस्केको र दाहिने खण्डबाट निस्किनु पर्ने पल्मोनरी आर्टरी देब्रे खण्डबाट निस्केर साँगुरिनुका साथै मुटुको तल्लो भागको दुई वटा कोठाको बीचमा ठूलो प्वाल भेन्ट्र्रीकुलर सेप्टल डिफेक्ट थियो। यस प्रकारको समस्या बच्चा जन्मदाँ नै बनावटमा आएको समस्याका कारणले हुने गर्छ ।

ती बालिकाको डा रविन्द्रभक्त तिमलाको नेतृत्वको टोलीले सफल शल्यक्रिया गरेको हो। शल्यक्रियामा डा तिमलासहित डा मारिषा अर्याल, डा सुजन बोहरा र एनेस्थेसियामा डा स्मृती महाजु लगायतको टोली सहभागि थिए।

के हो निकाइडो शल्यक्रिया?
सामान्यतया मानव मुटुमा दुईवटा प्वाल तथा दुई धमनी हुन्छ। जसमा देब्रे भागमा रहेको धमनीले शरीरभरी रगत दिने गर्छ । दाहिने भागको मुटुबाट निस्कने धमनीलाई पल्मोनरी आर्टरी भनिन्छ, जसले फोक्सोमा रगत प्रवाह गर्ने गर्छ । तर ती बालिकामा देखिएको जस्तो समस्यामा भने देब्रे भागमा रहेको धमनीले फोक्सोमा र दाहिने भागमा रहेकोले शरीरभरी रगत प्रवाह गर्न खोज्छ, जुन प्राकृतिक रुपमा हुने प्रक्रिया भन्दा विपरीत हो । त्यसले निलो रगत फोक्सोमा जानुको सट्टा शरीरमा र रातो रगत शरीरभर जानुपर्ने भएपनि फोक्सोमा जाने गर्छ, जसले बिरामीलाई निलो बनाउने गर्छ । यस्तो समस्या भएका बिरामीहरुहरु नली उल्टो जोडिएका कारण यस्तो समस्या आउने गर्छ । यस्तो समस्या हुँदा रगत फोक्सोमा जाने बाटो साँगुरो समेत हुने गर्छ। यसले बिरामीले राम्रोसँग सास फेर्न नसक्ने, सास फेर्न नसक्दा अक्सिजनको कमी हुने तथा मुटु नै फेल गराउने अवस्था आउन सक्छ । उक्त अवस्था आउन नदिनका लागि गरिने शल्यक्रियालाई नै नकाइडो शल्यक्रिया भनिन्छ।

शल्यक्रिया टिमको नेतृत्व गरेको डा तिमलाका अनुसार उक्त शल्यक्रियामा मुटुको मूल धमनी दायाँ भागबाट छुट्याइ देब्रे भागमा प्रतिस्थापित गर्नुको साथै देब्रे भागबाट निस्केको पल्मोनरी आर्टरी दायाँ भागबाट प्रतिस्थापित गरिएको थियो। मुटुको तल्लो भागको दुई कोठा बीचको प्वाल, भेन्ट्र्रीकुलर सेप्टल डिफेक्ट टालिएको थियो।

‘शल्यक्रियाको क्रममा मुटुलाई पूर्णरुपमा बन्द गर्नुपर्ने हुन्छ। यस शल्यक्रियाका क्रममा मुटुलाई ४ घन्टा बन्द गरिएको थियो। उक्त अवधिमा कार्डियोपिलिजाको माध्यमबाट मुटुलाई आवश्यक पर्ने सम्पूर्ण पोषकतत्वहरु परिपूर्ति गरिएको थियो,’ डा तिमलाले भने।

जन्मजात रुपमा मुटु रोगबाट ग्रसित ती बालिकाको विगत ३ वर्षदेखि नै गंगालाल अस्पतालमा स्वास्थ्य परीक्षण हुँदै आएको थियो। त्यतिबेला परिवारले नमानेका तथा चिकित्सकले समेत शल्यक्रिया गर्ने आँट नगरेकाले रोगको पहिचान भएको ३ वर्षपछि मात्रै उक्त शल्यक्रिया गरिएको डा तिमला बताउँछन्।

१४ वर्षभन्दा कम उमेरका बालबालिकाहरुको मुटु रोगको उपचार निशुल्क हुने व्यवस्था छ। गंगालाल अस्पतालकै हिसाबले कुरा गर्ने हो सम्पूर्ण खर्चसहित ७–८ लाखसम्मको खर्च यस प्रकारको शल्यक्रियामा हुने गर्छ। भारतका निजी अस्पतालमा भने यस प्रकारको शल्यक्रियाका लागि करिब १२–१३ लाख भारतीय रुपैयाँसम्म खर्च हुने गर्छ। यूरोप अमेरिका भने ४०–५० हजार डलरसम्म खर्च यस प्रकारको शल्यक्रियामा हुने गर्छ।

शल्यक्रिया पश्चात् बालिकाको अवस्था सामान्य
शल्यक्रिया सम्पन्न भएकी उक्त बालिकाको एक साताभित्र डिस्चार्ज भइसक्ने डा तिमलाले बताए। डिस्चार्ज एक साताभित्र एक पटक फ्लो अपमा बोलाइने छ । इको लगायतका सम्पूर्ण जाँचमा बालिकाको स्वास्थ्य अवस्था सामान्य देखिएको चिकित्सकको भनाइ छ। शल्यक्रिया गरिएकी बालिकालाई एक महिना, तीन महिना, ६ महिना र एक वर्षमा फलोअपका लागि बोलाइने छ। पल्मोनरी भाग पूर्ण रुपमा हटाएर नै शल्यक्रिया गरिएको हुँदा दायाँ भागको मुटुलाई केही बढी मात्रामा प्रेसर पर्ने गर्छ। यस्तो अवस्थामा रगत मुटुमा फर्किने सम्भावना रहन्छ। यसरी रगत फर्किँदै गएमा पछि अर्को शल्यक्रिया गरेर पल्मोनरी भाग राख्न भने सकिन्छ। विदेशतिर भने शल्यक्रिया बिना नै पल्मोनरी भाग राख्न सकिने प्रविधि आइसकेको छ, नेपालमा हालसम्म त्यस्तो प्रविधिको विकास भइसकेको छैन।