सुन्तला बेचेर तनहुँका कृषकले भित्र्याए करोडौँ
तनहुँ, ३ फागुन । तनहुँको म्याग्दे गाउँपालिका–२ उमाचोकका विश्वबहादुर अधिकारीले यस वर्ष ९० लाख रूपैयाँको सुन्तला बिक्री गर्नुभयो । जिल्ला विकास समिति तनहुँका पूर्वसभापति अधिकारी सुन्तलाखेतीबाट सन्तुष्ट हुनुहुन्छ । गाउँको भिरालो जमिनलाई सदुपयोग गरी अधिकारीले विसं २०५२ देखि व्यावसायिक सुन्तलाखेती सुरु गर्नुभएको थियो । सुन्तला खरिदका लागि बगानमै ठेकेदार आउने...
पर्वले आपसी सद्भाव र एकताको सन्देश प्रवाह गर्छ : सभापति थापा
काठमाडौँ, ३ फागुन । नेपाली काङ्ग्रेसका सभापति गगन कुमार थापाले पर्वले मानव जीवनमा आध्यात्मिक चेतना जागृत गराउँदै आपसी सद्भाव, सहिष्णुता र एकताको सन्देश प्रवाह गर्ने बताउनुभएको छ । महाशिवरात्रि पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले धार्मिक तथा सांस्कृतिक पर्वहरूले हाम्रो मौलिक परम्परा र सांस्कृतिक धरोहरको संरक्षण तथा संवर्द्धनमा महत्त्वपूर्ण योगदान...
बाख्रा चराउन जङ्गल जाँदा ढुङ्गाले लागेर मृत्यु
सुर्खेत, ३ फागुन । जाजरकोटको चुनिचाँदे गाउँपालिका–१० लमाराका नरबहादुर रोकायको ढुङ्गाले लागेर मृत्यु भएको छ । बाख्रा चराउन जङ्गल गएका रोकायको भिरमाथिबाट खसेको ढुङ्गा टाउकामा लाग्दा घाइते भएकामा उपचारका क्रममा आज नेपालगञ्ज मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिनुभयो । स्थानीयवासी बेगवान...
पवित्रहाङमा गोल्डकपको उपाधि दारिम्बा पाँचथरलाई
इलाम, ३ फागुन । इलामको माङसेबुङ गाउँपालिकामा सञ्चालित १६औँ संस्करणको पवित्रहाङमा गोल्डकप महिला फुटबल प्रतियोगिताको उपाधि दारिम्बा फुटबल क्लब पाँचथरले जितेको छ । शनिबार माङसेबुङ गाउँपालिका–५ स्थित प्रस्तावित आत्मानन्द रङ्गशालामा भएको फाइनल खेलमा डिफेन्डिङ च्याम्पियन जनता सेभेन स्पोर्ट्स क्लब इलामलाई ४–२ गोलअन्तरले पराजित गर्दै दारिम्बाले उपाधि हात पारेको हो ।...
चार दशकदेखि हलुवा–पराठाको स्वाद चखाउँदै अरमान
बाँके, ३ फागुन । नेपालगञ्ज उपमहानगरपालिका–१० चौलिकाचोकमा हलुवा–पराठाको स्वाद लिन बिहान झिसमिसेमै मानिसको भिडभाड हुने गर्दछ । करिब चार दशकदेखि स्थानीय अरमान अलीले हलुवा–पराठाको स्वाद चखाउँदै आउनुभएको छ । फेमस हलुवा–पराठामा बिहान ६ बजेदेखि नै नजिकै रहेको महेन्द्र बहुुमुखी क्याम्पस पढ्ने विद्यार्थी र रुपैडिहा आवतजावत गर्ने बटुवा हलुवा–पराठा खान पुग्ने...
विगतकै निर्वाचन प्रणाली अपनाइए एनआरएनएभित्र अझै ठुलो दुर्घटना हुनेवाला छ : जानकी गुरुङ [भिडिओ]
काठमाडौँ, ३ फागुन । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)की पूर्वमहासचिव एवम् अभियन्ता जानकी गुरुङले संस्थाको निर्वाचन प्रणालीमा स्पष्ट नभइ महाधिवेशनमा गए संस्था नै दुर्घटनामा पर्ने चेतावनी दिनुभएको छ । आगामी विश्व सम्मेलन तथा १२औँ महाधिवेशनका लागि भन्दै अध्यक्षको उम्मेदवारी घोषणा गरिरहेका पात्रहरुप्रति लक्षित गर्दै उहाँले आश्चर्य समेत व्यक्त गर्नुभयो । नेपाल...
आज २६३औँ सेना दिवस मनाइँदै
काठमाडौँ, ३ फागुन । नेपाली सेनाले आफ्नो स्थापनाको २६३औँ वार्षिकोत्सव आज मुलुकभर विविध कार्यक्रम आयोजना गरी मनाउँदै छ । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा सैनिक टुँडिखेलमा आज महाशिवरात्रि बढाइँ तथा सेना दिवस विशेष समारोहको आयोजना गरिनेछ । उहाँ नेपाली सेनाको परमाधिपति हुनुहुन्छ । सेनाले महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै...
बुढासुब्बा गोल्डकपको उपाधि प्लानिङ ब्वाइज युनाइटेडलाई
धरान, ३ फागुन । छब्बिसौँँ अन्तरराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि प्लानिङ ब्वाइज युनाइटेड, काठमाडौँले जितेको छ । धरान रङ्गशालामा शनिबार सम्पन्न फाइनल खेलमा चर्च ब्वाइज युनाइटेडलाई १–० गोल अन्तरले पराजित गर्दै प्लानिङ ब्वाइजले उपाधि हात पारेको हो । खेलको पहिलो हाफमा दुवै टोली गोलरहित बराबरीमा रोकिएका थिए ।...
अब काठमाडौँ उज्यालो नेपाल पार्टीको किल्ला बन्छ : अध्यक्ष घिसिङ
काठमाडौँ, २ फागुन । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले काठमाडौँका जनताले पत्याउदैनन् कि भन्ने डरले सबै पार्टीका ठुला नेता काठमाडौँ बाहिर गएर चुनाव लडेको टिप्पणी गर्नुभएको छ । शनिबार काठमाडौँमा आयोजित काठमाडौँ–१ को क्षेत्रीय भेलालाई सम्बोधन गर्दै उहाँले चुनौती देखेर कुनै संकोचबिना जनताले चुनेर पठाउँछन् भन्ने विश्वासका साथ आफू...