मुख्य याममा सौराहामा पर्यटक घटे
TNV News Update

मुख्य याममा सौराहामा पर्यटक घटे

चितवन, ८ फागुन । विगतका वर्षमा यतिबेला सौराहाका होटल ८० प्रतिशत हाराहारी भरिने गरेका थिए । यस वर्ष यतिबेला आधा हाराहारी मात्र पर्यटक यहाँ आएका छन् । मुख्य याममा पर्यटक नआउँदा व्यवसायीमा निरासा छाएको छ । क्षेत्रीय होटल सङ्घ चितवनका अध्यक्ष ओमप्रकाश पाण्डे फेब्रुअरी, मार्च र अप्रिल महिना सौराहाको मुख्य...
प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन, निर्वाचन सफल पार्न निर्देशन
TNV News Update

प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन, निर्वाचन सफल पार्न निर्देशन

मुस्ताङ, ८ फागुन । प्रधानमन्त्री सुशीला कार्कीले यहाँको वारागुङ मुक्तिक्षेत्र–१ स्थित पवित्र मुक्तिनाथ मन्दिरको दर्शन गर्नुभएको छ । नेपाली सेनाको हेलिकोप्टरबाट यहाँ आउनुभएका प्रधानमन्त्री कार्कीले मुक्तिनाथस्थित १०८ धाराको जलसेचन गरी मुक्तिनाथ मन्दिरमा दर्शन गर्नुभएको हो । मन्दिर दर्शनका लागि जाने क्रममा उहाँलाई वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिनजिन नामगेल गुरुङ, सहायक...
रुपन्देही–४ का मतदाता भन्छन्- हामीलाई विकासप्रेमी नेता चाहिएको छ
TNV News Update

रुपन्देही–४ का मतदाता भन्छन्- हामीलाई विकासप्रेमी नेता चाहिएको छ

रविन्द्र प्रताप गुप्ता रुपन्देही, ८ फागुन । “मर्चवार आउने सडकको अवस्था राम्रो छैन, यहाँको मुख्य समस्या भनेकै बाटोको हो, सडक राम्रो नहुँदसम्म जीवन सहज हुँदैन”, रुपन्देही निर्वाचन क्षेत्र नम्बर ४ मा पर्ने मर्चवारी–३ सिसो सेमराका ओमप्रकाश कान्दुले भन्नुभयो । कान्दुजस्ता रुपन्देही–४ का मतदाताको आमसमस्या सडककै हो । एम्बुलेन्स र दमकल...
‘प्रवासी जीवन’ : प्रवासी पीडा, नेपालीपन र मानसिक स्वास्थ्यको बेजोड कथा
TNV News Update

‘प्रवासी जीवन’ : प्रवासी पीडा, नेपालीपन र मानसिक स्वास्थ्यको बेजोड कथा

मनिषा बस्नेत काठमाडौँ, ८ फागुन । नेपाली चलचित्र क्षेत्रमा कहिलेकाहीँ यस्ता कथाहरू आउँछन्, जसले मनोरञ्जन मात्र होइन, समाजको गहिरो सत्य पनि उजागर गर्छन् । विदेश जाने सपनाभित्रको यथार्थ, मानसिक स्वास्थ्यको मौन पीडा र नेपालीपनको खोज, यी तीनै भावनालाई एउटै कथामा बाँध्ने प्रयास स्वरुप हलमा आउँदै छ, चलचित्र ‘प्रवासी जीवन’ ।...
पोर्चुगलमा मनाइयो प्रजातन्त्र दिवस
TNV News Update

पोर्चुगलमा मनाइयो प्रजातन्त्र दिवस

काठमाडौँ, ८ फागुन । नेपाल–पोर्चुगल द्विपक्षीय परामर्श संयन्त्रको बैठकमा भाग लिने सिलसिलामा लिस्बनमा रहनुभएका परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई र पोर्चुगलका परराष्ट्र तथा सहयोग मामिलासम्बन्धी सचिव डा.अना इसाबेल जेभियरले बिहीबार विशेष समारोहका बिच लिस्बनस्थित नेपाली दूतावासको चान्सरीको संयुक्त रूपमा उद्घाटन गर्नुभएको छ । त्यस अवसरमा परराष्ट्र सचिव राईले दूतावासको स्थापनामा...
खोटाङमै सुरू भयो पाठेघर खस्ने समस्यासम्बन्धी शल्यक्रिया सेवा
TNV News Update

खोटाङमै सुरू भयो पाठेघर खस्ने समस्यासम्बन्धी शल्यक्रिया सेवा

खोटाङ, ७ फागुन । खोटाङस्थित जिल्ला अस्पतालमै पाठेघर खस्ने समस्यासम्बन्धी निःशुल्क शल्यक्रियासहितको उपचार सेवा सुरू गरिएको छ । अबदेखि सो समस्याका लागि राजधानी पुग्नुपर्ने बाध्यताको अन्त्य भएको छ । सेवा सुरू भएलगत्तै दुई महिलाको सफल उपचार गरिएको अस्पताल प्रमुख एवम् डा.अमिताब ठाकुरले जानकारी दिनुभयो । “म यहाँ आएपछि धेरै महिलाको...
सर्लाहीमा गोली लागेर एक बालक घाइते
TNV News Update

सर्लाहीमा गोली लागेर एक बालक घाइते

सर्लाही, ७ फागुन । सर्लाहीको सदरमुकाम मलङ्गवामा आज गोली लागेर एक बालक घाइते हुनुभएको छ । मलङ्गवा नगरपालिका–४ निवासी रामविश्वास रामका १५ वर्षीय छोरा आकाश राम गोली लागेर घाइते हुनुभएको हो । मलङ्गवा–४ स्थित ‘ढाकाबोर्डर’ भन्ने स्थानमा फेला परेको बेवारिसे पेस्तोल खेलाउने क्रममा बालकलाई गोली लागेको हो । उक्त घटनामा...
देश बनाउन युवाको ऊर्जा र अनुभवी पुस्ताको दृष्टि चाहिन्छ : ओली
TNV News Update

देश बनाउन युवाको ऊर्जा र अनुभवी पुस्ताको दृष्टि चाहिन्छ : ओली

काठमाडौ ७ फागुन । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले उहाँले देश बनाउन युवाको ऊर्जा र अनुभवी पुस्ताको दृष्टि चाहिने बताउनुभएको छ । पार्टीको चुनावी घोषणा पत्र सार्वजनिक कार्यक्रममा आज उहाँले आगामी निर्वाचन राष्ट्रघात र स्वाभिमानबीचको संघर्ष भएको बताउनुभयो । उहाँले भन्नुभयो, “आगो र उज्यालो दुवै मिलेर मात्र यो देशको...
काङ्ग्रेसले भ्रष्टाचारमा मुछिएका व्यक्तिको नाता र नेता हेर्दैन : सभापति थापा
TNV News Update

काङ्ग्रेसले भ्रष्टाचारमा मुछिएका व्यक्तिको नाता र नेता हेर्दैन : सभापति थापा

काठमाडौँ, ७ फागुन । नेपाली काङ्ग्रेसका सभापति गगन कुमार थापाले अबको पाँच वर्षभित्र मुलुकलाई भ्रष्टाचारमुक्त बनाउन चाहेको बताउनुभएको छ । काठमाडौँको राष्ट्रिय सभागृहमा आज ‘हाम्रो प्रतिज्ञा तपाईंको प्रश्न’ नामक काङ्ग्रेसको प्रतिज्ञापत्र विस्तृत सार्वजनिक एवम् सवाल जवाफ कार्यक्रममा सभापति थापाले भन्नुभयो, “काङ्ग्रेसले यी कुरा गर्दै गर्दा भ्रष्टाचारमा मुछिएका व्यक्तिको नाता र...