आत्महत्या बढ्दो : आर्थिक, सामाजिक दबाब र मानसिक तनाव मुख्य कारण
प्रमिला कार्की काठमाडौँ, ९ फागुन । पछिल्लो समय आत्महत्या (सुसाइड)सम्बन्धी घटनाहरू बढ्दो रूपमा सार्वजनिक भइरहेका छन् । मानसिक तनाव, आधुनिक जीवनशैली, सामाजिक दबाब र मनोवैज्ञानिक समस्या यसका प्रमुख कारणका रूपमा देखिन थालेका छन् । नेपालमा दैनिक औसत १६–१८ जना सम्मले आत्महत्या गर्ने गरेको तथ्याङ्क छ । प्रहरीको रिपोर्टअनुसार वार्षिक रूपमा...
कसले चुम्ला आहा रारा पोखरा गोल्डकपको उपाधि ?
कास्की, ९ फागुन । आहा रारा पोखरा गोल्डकप मोफसलकै पुरानो फुटबल प्रतियोगिता हो । माओवादी जनयुद्ध, भूकम्प र नाकाबन्दीलगायत प्रतिकूल अवस्थामा पनि यो प्रतियोगिता कुनै वर्ष पनि रोकिएन । हाल २५औँ संस्करणसम्म आइपुगेको प्रतियोगिताको उपाधि भिडन्त शनिबार पोखरा रङ्गशालामा हुँदै छ । उपाधिका लागि जावलाखेल युथ क्लब र आयोजक सहारा...
विजयी निश्चित छ, अबको लक्ष्य विकास र समृद्धिमा लागौँ : डा.कार्की
खाँदबारी, ८ फागुन । स्थानीय तहको चुनावी सरगर्मी बढ्दै जाँदा मादी नगरपालिका–४ ओखरबोटेमा नेकपा (एमाले)ले आफ्नो बलियो उपस्थिति रहेको जनाएको छ । शुक्रबार आयोजित चुनावी अभियानका क्रममा एमाले समर्थकहरूको विशाल र्यालीले नगरका विभिन्न क्षेत्रको परिक्रमा गर्दै शक्ति प्रदर्शन गर्दै बलियो उपस्थितिको संकेत गरेको हो । उम्मेदवार डा.अर्जुन कार्कीको समर्थनमा उत्रिएको...
शिक्षा औपचारिक प्रमाणपत्रमा मात्र सीमित हुनु हुँदैन : प्रधानमन्त्री कार्की
गण्डकी, ८ फागुन । प्रधानमन्त्री सुशीला कार्कीले शिक्षा केवल औपचारिक प्रमाणपत्रमा सीमित हुन नहुने बताउनुभएको छ । आज पोखरा विश्वविद्यालयको २१औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै विश्वविद्यालयका कुलपतिसमेत रहनुभएका प्रधानमन्त्री कार्कीले समकालीन समाजको आवश्यकताअनुसार सीप, रोजगारी, उद्यमशीलता, नवप्रवर्तन तथा नैतिकवान् जनशक्ति उत्पादनतर्फ उन्मुख हुनुपर्नेमा जोड दिनुभयो । नवीन प्रविधि विकास, अनुसन्धानमा...
घोषणापत्रमा दलित : दुई कुरो, उही कुरो, छैन कार्यान्वयन
सुशील दर्नाल काठमाडौँ, ८ फागुन । यतिबेला देश निर्वाचनमय भएको छ । प्रतिनिधिसभा निर्वाचनको समय फागुन २१ गते नजिकिँदै गर्दा राजनीतिक दलले विभिन्न नाम दिएर घोषणापत्र जारी गरेका छन् । निर्वाचनमा प्रत्यक्षतर्फ ६८ राजनीतिक दलले भाग लिँदैछन् । यी सबैजसो दलका घोषणापत्रमा दलित समुदायको मुद्दा समावेश गरिएको छ । तर...
विमानस्थलबाट १३ लाखका मोबाइल, ल्यापटपसहित एक जना पक्राउ
काठमाडौँ, ८ फागुन । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १३ लाख ८० हजार रूपैयाँका मोबाइल, ल्यापटपसहित एक जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा सर्लाही लालबन्दी नगरपालिका–१ बस्ने ३४ वर्षीय सञ्जीव खड्का रहेका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता एवम् प्रहरी उपरीक्षक राजकुमार सिलवालले जानकारी दिनुभयो । उहाँले...
आँसु बोकेर परदेश, रोग र पीडा बोकेर स्वदेश फर्किएकी सीता
दिपक चन्द झापा, ८ फागुन । परदेश जाने निर्णय रहरले हुँदैन, बाध्यताले हुन्छ । ऋण, गरिबी र सन्तानको भविष्यले जब एकैचोटि थिच्छ, तब आफ्नै माटो छोड्नुबाहेक अरू विकल्प बाँकी रहँदैन । मेचीनगर नगरपालिका–८ की सीता थापा मगर पनि यही बाध्यताको यात्रामा परदेशिनुभयो । कुबेतदेखि लेबनान र साउदी अरबसम्म फैलिएको उहाँको...
विमानस्थलबाट ११ किलोभन्दा बढी गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ
काठमाडौँ, ८ फागुन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट आज करिब ११ किलोग्राम २७० ग्राम अवैध लागुऔषध गाँजासहित तीन जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ४३ वर्षीया समीना अख्तर बैग मिर्जा, २४ वर्षीय मोहम्मद जुनैद तथा ४४ वर्षीय अफसाना अमीर हुसेन शेख रहेका केन्द्रीय प्रहरी प्रवक्ता...
मुख्य याममा सौराहामा पर्यटक घटे
चितवन, ८ फागुन । विगतका वर्षमा यतिबेला सौराहाका होटल ८० प्रतिशत हाराहारी भरिने गरेका थिए । यस वर्ष यतिबेला आधा हाराहारी मात्र पर्यटक यहाँ आएका छन् । मुख्य याममा पर्यटक नआउँदा व्यवसायीमा निरासा छाएको छ । क्षेत्रीय होटल सङ्घ चितवनका अध्यक्ष ओमप्रकाश पाण्डे फेब्रुअरी, मार्च र अप्रिल महिना सौराहाको मुख्य...