झन्डाको रक्षा र सम्मानका लागि मान्छे जे पनि गर्न तयार हुन्छ : ओली
TNV News Update

झन्डाको रक्षा र सम्मानका लागि मान्छे जे पनि गर्न तयार हुन्छ : ओली

बिर्तामोड, १० फागुन । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले झन्डाको रक्षा र सम्मानका लागि मान्छे जे पनि गर्न तयार हुने बताउनुभएको छ । झन्डा जलाउने विषय सामान्य नभएको अध्यक्ष ओलीको भनाइ छ । आइतबार झापाको भद्रपुरमा ३ नम्बर क्षेत्रीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले झन्डा आदर्शको केन्द्र भएको बताउनुभयो...
सङ्खुवासभाको रिताक आसपास केन्द्रबिन्दु भएर भूकम्पको धक्का
TNV News Update

सङ्खुवासभाको रिताक आसपास केन्द्रबिन्दु भएर भूकम्पको धक्का

काठमाडौँ, १० फागुन । सङ्खुवासभाको रिताक आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार सङ्खुवासभाको भोटखोला गाउँपालिकास्थित रिताक आसपास केन्द्रबिन्दु भएर आज बिहान ७ः३१ बजे चार दशमलव एक ९४।१० रेक्टरस्केलको भूकम्प गएको हो । भूकम्पले के कति असर पुर्‍यायो भन्ने एकिन जानकारी प्राप्त...
गौरमा पुनः निषेधाज्ञा जारी
TNV News Update

गौरमा पुनः निषेधाज्ञा जारी

रौतहट, १० फागुन । जिल्ला प्रशासन कार्यालयले गौर नगर क्षेत्रभित्र पुनः निषेधाज्ञा जारी गरेको छ । स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) अनुसार गौर नगरपालिकाको पूर्व मुडबलवा गेट, पश्चिम लालबकैया बाँध, उत्तरमा बम नहर र दक्षिणमा गौर भन्सार कार्यालयभित्र आज बिहान ८ः३० बजेदेखि पुनः निषेधाज्ञा जारी भएको हो...
चुनावी घोषणापत्रमा शिक्षा : लगानी वृद्धि र नयाँ शिक्षा ऐन प्राथमिकतामा
TNV News Update

चुनावी घोषणापत्रमा शिक्षा : लगानी वृद्धि र नयाँ शिक्षा ऐन प्राथमिकतामा

प्रकाश सिलवाल काठमाडौँ, १० फागुन । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि अधिकांश दलहरूले विगतमा झैँ सार्वजनिक शिक्षाको सुधार र शिक्षामा लगानी वृद्धि लगायतका विषयलाई मुद्दा अघि सारेका छन् । विघटित प्रतिनिधिसभामा रहेका प्रमुख दल र अन्य दलले गुणस्तरीय, निःशुक तथा समावेशी शिक्षामा प्राथमिकता दिएका छन् । नेपालको संविधानको धारा ३१...
दुई पाडीबाट आचार्यले थालेको भैँसीपालन व्यावसायिकतातर्फ
TNV News Update

दुई पाडीबाट आचार्यले थालेको भैँसीपालन व्यावसायिकतातर्फ

गण्डकी, १० फागुन । आजभन्दा सात वर्षअघि पोखरा महानगरपालिका–३३ भरतपोखरीका रमेश आचार्यले दुई पाडीबाट सुरु गर्नुुभएको भैँसीपालनले यतिखेर व्यावसायिक रूप लिएको छ । समाजमा कृषिप्रतिको नकारात्मक सोच कायमै रहेका समयमा स्नातकोत्तरसम्मको अध्ययन गर्नुभएका उहाँले भरतपोखरीस्थित सुरौदीको तिखेढुङ्गामा दुई पाडी पाल्न सुरु गर्नुभएको थियो । आचार्यलाई तत्कालीन समयमा आफ्नै छिमेकी, इष्टमित्रसमेतले...
बजेट र जनशक्ति अभावले दोबागाउँ अस्पताल सञ्चालनमा आउन सकेन
TNV News Update

बजेट र जनशक्ति अभावले दोबागाउँ अस्पताल सञ्चालनमा आउन सकेन

म्याग्दी, १० फागुन । शिरानमा छ भिरालो जग्गामा गुजुमुज्ज परेको दोबागाउँ । गाउँको पुछारमा उजाड लाग्दो पाखो छ । पाखोको छेउमै छ पहेँलो रङको पक्की भवन । अनकन्टारजस्तो ठाउँमा आकर्षक देखिने त्यो भवन दोवाको पालिकास्तरीय अस्पताल भवन हो । विसं २०७८ मा निर्माण सम्पन्न भएको त्यो भवन बाहिर हेर्दा चिटिक्कको...
सहाराले १२ वर्षपछि चुम्यो आहा रारा पोखरा गोल्डकपको उपाधि
TNV News Update

सहाराले १२ वर्षपछि चुम्यो आहा रारा पोखरा गोल्डकपको उपाधि

कास्की, ९ फागुन । मोफसलको पुरानो र प्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित आहा रारा पोखरा गोल्डकपको २५औँ संस्करणको उपाधि आयोजक सहारा क्लब पोखराले जितेको छ । पोखरा रङ्गशालामा आज सम्पन्न फाइनल खेलमा जावलाखेल युथ क्लबलाई २–० गोलले हराउँदै सहाराले १२ वर्षपछि उपाधि चुम्यो । च्याम्पियन बनेको सहाराले ट्रफीसहित १४ लाख...
ताप्लेजुङमा शेर्पा समुदायले मनाए २१५३औँ ग्याल्पो ल्होसार
TNV News Update

ताप्लेजुङमा शेर्पा समुदायले मनाए २१५३औँ ग्याल्पो ल्होसार

फुङ्लिङ, ९ फागुन । नेपाल शेर्पा सङ्घ ताप्लेजुङले आज फुङ्लिङमा २१५३औँ ग्याल्पो ल्होसार पर्व हर्षोल्लासका साथ मनाएको छ । यस वर्षको ल्होसार फागुन ६ गते परे पनि जिल्लामा भने आज शुभकामना आदानप्रदान, सांस्कृतिक प्रस्तुति तथा सामूहिक कार्यक्रममार्फत पर्व मनाइएको हो । सङ्घका अध्यक्ष दावा शेर्पाका अनुसार ल्होसार १५ दिनसम्म विभिन्न...
धरान टेनके रनको उपाधि रावत र श्रेष्ठलाई
TNV News Update

धरान टेनके रनको उपाधि रावत र श्रेष्ठलाई

धरान, ९ फागुन । धरानमा सम्पन्न १४औँ धरान १०के रनको उपाधि नरेन्द्रसिंह रावत र सन्तोषी श्रेष्ठ हात पार्नुभएको छ । धरान १० (टेनके) किलोमिटर रनमा रावतले ३१ मिनेट ५१ सेकेण्डमा दौड पूरा गर्नुभएको थियो भने श्रेष्ठले ३७ मिनेट ३७ सेकेण्डमा पूरा गर्नुभएको हो । उहाँहरुलाई नगद ६० हजार रूपैयाँ पुरस्कार...