प्रतिनिधिसभा निर्वाचन : घरदैलोमा व्यस्त ८३ वर्षीय उम्मेदवार हिरण्यप्रसाद
चन्द्रकला भण्डारी झापा, ११ फागुन । झोलामा बोकेका पर्चा र घोषणापत्र बाँड्दै झापा निर्वाचन क्षेत्र नम्बर १ का गाउँबस्तीमा मत मागिरहनुभएको हिरण्यप्रसाद भट्टराई कोशी प्रदेशको १४ जिल्लाका प्रत्यक्षतर्फका उम्मेदवारमध्ये सबैभन्दा पाको उमेरको हुनुहुन्छ । मेचीनगर–१ गाडागल्ली निवासी भट्टराई यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा नेपाल किसान मजदुर पार्टीको...
पर्साको वीरगञ्ज महानगर क्षेत्रमा कर्फ्यु आदेश जारी
वीरगञ्ज, ११ फागुन । पर्साको वीरगञ्ज महानगर क्षेत्रमा पछिल्लो शान्तिसुरक्षालाई मध्यनजर गर्दै कर्फ्यु आदेश जारी गरिएको छ । पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले आज बिहान ९ः४५ बजेदेखि लागु हुनेगरी महानगरको चार किल्ला तोकेर कर्फ्यु आदेश जारी गर्नुभएको हो । आइतबार वीरगञ्ज महानगरको श्रीपुर क्षेत्रमा पार्किङको विषयमा भएको सामान्य विवादबाट...
दुर्घटनामा परेको बस पोखराबाट बेलुका ७ बजे छुटेको थियो
गण्डकी, ११ फागुन । आज बिहान धादिङमा दुर्घटनामा परेको यात्रुवाहक बस पोखराबाट बेलुका ७ बजे छुटेको खुलेको छ । पोखराबाट ३४ जना यात्रुसहितको चलानी लिएर माछापुच्छ्रे टुर्स एण्ड ट्राभल्सको ग २ ख १४२१ नम्बरको उक्त बस पोखराबाट बेलुका ७ बजे छुटेको पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनी प्रालिका अध्यक्ष ऐनकुमार साईले जानकारी...
बाँकेमा नमुना मतदान अभ्यास
नेपालगञ्ज, ११ फागुन । बाँकेमा नमुना मतदान अभ्यास गरिएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ नजिकिँदै जाँदा मतदान अधिकृत तथा सहायक मतदान अधिकृतको सहभागितामा आइतबार मतदान अभ्यास गरिएको हो । प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र पारदर्शी बनाउन नमुना मतदान अभ्यासले सघाउ पुर्याउने जिल्ला निर्वाचन अधिकारी टेकबहादुर शाहीले बताउनुभयो ।...
व्यावसायिक स्याउ खेती सुरू गर्दै वैकुण्ठेका किसान
भोजपुर, ११ फागुन । यहाँको रामप्रसाद राई गाउँपालिका–६ वैकुण्ठेका किसानले व्यावसायिक स्याउ खेती सुरू गरेका छन् । वडाले स्याउ खेती प्रवर्द्धन कार्यक्रम सञ्चालन गरेपछि स्थानीय किसान सङ्गठित रूपमै यसतर्फ आकर्षित भएका हुन् । बाक्पा, भामला, माथिल्लो छापगाउँको दिङ्ला र चोक्ताङ क्षेत्रमा करिब एक हजार उन्नत जातका स्याउका बिरुवा विस्तार गरिएको...
धादिङमा बस दुर्घटना हुँदा १७ जनाको मृत्यु, २४ जना घाइते
काठमाडौँ, ११ फागुन । पोखराबाट काठमाडौँ आउँदै गरेको यात्रुवाहक बस धादिङमा दुर्घटनामा हुँदा १७ जनाको मृत्यु र २४ घाइते भएका छन् । आज बिहान करिब १ः३० बजे ग १ ख १४२१ नम्बरको बस धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ भैँसीगौडास्थित पृथ्वी लोकमार्गबाट त्रिशूली नदीमा खसेको हो । हालसम्म सो दुर्घटनामा परी मृत्यु...
फागुन २१ गते निर्वाचन हुँदैन भन्ने हल्लाको पछि नलाग्नु : कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी
काठमाडौँ, १० फागुन । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले केही व्यक्तिहरुले अहिले पनि फागुन २१ गते निर्वाचन हुँदैन भनी हल्ला गरिरहेकाले त्यस्ता गलत सूचनाको पछि नलाग्न सबैलाई आग्रह गर्नुभएको छ । गोरखपत्र संस्थानले आज यहाँ आयोजना गरेको निर्वाचन प्रचारप्रसारसम्बन्धी अभिमुखीकरण कार्यक्रमको उद्घाटन समारोहमा उहाँले केही कुण्ठित व्यक्तिहरूले अहिले पनि...
राजनीतिक क्षेत्रलाई उज्यालो र सफा गर्न आएका छौँ : कुलमान घिसिङ
रविन्द्र प्रताप गुप्ता रुपन्देही, १० फागुन । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सबैभन्दा ठुलो लोडसेडिङ राजनीतिक क्षेत्रमा रहेको बताउनुभयो । उहाँले राजनीतिक क्षेत्रमा अनियमितासँगै यो क्षेत्र दुर्गन्धित र अध्यारो रहेको बताउनुभयो । उज्यालो नेपाल पार्टी रुपन्देहीद्वारा आइतबार भैरहवामा आयोजित चुनावी आमसभालाई सम्बोधन गर्नुहुँदै अध्यक्ष घिसिङले यस्तो बताउनुभएको हो ।...
शान्तिको एउटै प्रश्न : मेरो नागरिकता कहिले ?
जुनु भट्टराई विराटनगर, १० फागुन । अहिले देशभरको माहोल चुनावले रङ्गिएको छ । चुनावको उत्साहपूर्ण माहोलमा निवार्चन क्षेत्र नम्बर ४ मा पर्ने विश्वकर्मा चोकमा बसोबास गर्दै आएकी शान्ति कुमारी चौधरी भने निरश मुद्रामा भोट माग्न आउने नेताको दैनिक पखाईमा हुनुहुन्छ । नेता घरदैलो कार्यक्रममा भोट माग्न आए यसो भन्छु, उसो...