Author: The Nepali Video

ग्रामीण क्षेत्रमा दूरसञ्चार पूर्वाधार विस्तार खर्चिलो र चुनौतीपूर्ण छ : मीनप्रसाद अर्याल
TNV News Update

ग्रामीण क्षेत्रमा दूरसञ्चार पूर्वाधार विस्तार खर्चिलो र चुनौतीपूर्ण छ : मीनप्रसाद अर्याल

आकाङ्क्षा धामी काठमाडौँ, ३ जेठ । पछिल्लो समय मोबाइल फोन, इन्टरनेट र डिजिटल सेवाविनाको जीवन कल्पना गर्न कठिन भइसकेको छ । बिहान उठेदेखि राति सुत्ने बेलासम्म मानिसको दैनिकी सूचना प्रविधिसँग गाँसिएको छ । यही बदलिँदो डिजिटल जीवनशैलीको सन्दर्भमा आज विश्वभर ‘विश्व दूरसञ्चार दिवस’ मनाइँदै छ । यस वर्ष ‘डिजिटल जीवनरेखाः...
सशस्त्र प्रहरीका दुई महिला कर्मचारी पहिलो पटक सगरमाथाको शिखरमा
TNV News Update

सशस्त्र प्रहरीका दुई महिला कर्मचारी पहिलो पटक सगरमाथाको शिखरमा

काठमाडौँ, ३ जेठ । सशस्त्र प्रहरी सहायक हबल्दार अनिता कार्की र सहायक निरीक्षक निमडिक्की शेर्पाले आज बिहान सशस्त्र प्रहरी सङ्गठनका तर्फबाट सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्नुभएको छ । सहायक हवल्दार कार्कीले आज बिहान १० बजेर २० मिनेटमा र सहायक निरीक्षक शेर्पाले बिहान ११ बजेर ५५ मिनेटमा सगरमाथाको चुचुरोमा पाइला...
४० लाख मूल्य बराबरको अवैध समानसहित दुई जना पक्राउ
TNV News Update

४० लाख मूल्य बराबरको अवैध समानसहित दुई जना पक्राउ

सिरहा, ३ जेठ । सशस्त्र प्रहरी बल नेपालले सिरहाको सीमावर्ती क्षेत्रमा ठुलो परिमाणमा अवैध सामानसहित एक मालवाहक गाडी र दुई जनालाई नियन्त्रणमा लिएको छ । जिल्लाको नवराजपुर गाउँपालिका–५ देवनगरस्थित सीमा क्षेत्रमा विशेष गस्तीका क्रममा नेपालबाट भारततर्फ अवैध रूपमा लैजान लागिएको सामान बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी...
पटक–पटक म्याद थप्दा पनि सात वर्षदेखि लेदुवा खोलाको पुल अधुरै
TNV News Update

पटक–पटक म्याद थप्दा पनि सात वर्षदेखि लेदुवा खोलाको पुल अधुरै

धरान, ३ जेठ । धरान उपमहानगरपालिका–५ स्थित देवी गाउँको लेदुवा खोलामा निर्माणाधीन पुल सात वर्ष बित्दासमेत पूरा हुन सकेको छैन । सम्झौता भए अनुसार पाँच वर्षअघि नै निर्माण सम्पन्न हुनुपर्ने भए पनि हालसम्म काम अलपत्र रहँदा स्थानीयवासी र विद्यार्थीले बर्खायाममा जोखिम मोलेर खोला तर्न बाध्य भएका छन् । पुल निर्माणका...
राजनीतिक दलबिच परस्पर संवाद भइरहनुपर्छ : महासचिव पोखरेल
TNV News Update

राजनीतिक दलबिच परस्पर संवाद भइरहनुपर्छ : महासचिव पोखरेल

काठमाडौँ, ३ जेठ । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले संसदीय प्रणालीमा राजनीतिक दलहरूबिच परस्पर संवाद भइरहनुपर्ने बताउनुभएको छ । तेत्तीसौँ मदन–आश्रित दिवसका अवसरमा ‘मदन–आश्रित प्रतिष्ठान’द्वारा आज यहाँ आयोजित ‘जनताको बहुदलीय जनवाद (जबज) र युवा’ विषयक विचार गोष्ठीमा महासचिव पोखरेलले अहिले यस प्रणालीको राजनीतिक चरित्रअनुसार दलहरुबिच जनताका समस्या समाधानमा उचित संवाद...
मुस्ताङबाट झन्डै छ सय कार्टुन ‘विद्युतीय चुरोट’ बरामद
TNV News Update

मुस्ताङबाट झन्डै छ सय कार्टुन ‘विद्युतीय चुरोट’ बरामद

मुस्ताङ, ३ जेठ । नेपाल–चीन उत्तर कोरलानास्थित लोमान्थाङ–१ छोसेर न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयले शनिबार ५९२ कार्टुन विद्युतीय चुरोट (भेप) बराबद गरेको छ । कोरलानाकाबाट शङ्कास्पद रूपमा लुकाइछिपाइकन भन्सार छलेर ल्याइँदै गरेका दुई वटा ‘कन्टेनर’को खानतलासी गर्दा उक्त परिमाणमा विद्युतीय चुरोट (भेप) फेला परेको हो । कोरलास्थित मुस्ताङ भन्सार कार्यालयका...
‘दीर्घकालीन योजनामा स्थानीय सरकार केन्द्रित हुनुपर्छ’
TNV News Update

‘दीर्घकालीन योजनामा स्थानीय सरकार केन्द्रित हुनुपर्छ’

काठमाडौँ, ३ जेठ । परराष्ट्रमन्त्री शिशिर खनालले अल्पकालीन राजनीतिभन्दा दीर्घकालीन योजनामा स्थानीय सरकार केन्द्रित हुनुपर्ने बताउनुभएको छ । टोखा नगरपालिकाले आज आयोजना गरेको आर्थिक वर्ष २०८३/८४ को नीति, कार्यक्रम तथा बजेट तर्जुमाका लागि सल्लाह, सुझाव सङ्कलन कार्यक्रममा उहाँले दीर्घकालीन योजना निर्माणमा स्थानीय सरकार केन्द्रित हुनुपर्ने बताउनुभएको हो । उहाँले अबको...
उच्च रक्तचाप भनेको ‘साइलेन्ट किलर’ हो, जोगिनुपर्छ : डा.अनिल भट्टराई
TNV News Update

उच्च रक्तचाप भनेको ‘साइलेन्ट किलर’ हो, जोगिनुपर्छ : डा.अनिल भट्टराई

पार्वती भण्डारी काठमाडौँ, ३ जेठ । पछिल्लो समय मानिसहरूमा उच्च रक्तचापको समस्या बढिरहेको तथ्याङ्कहरू आइरहेका छन् । अस्वस्थ खानपान, व्यायामको कमी, तनावपूर्ण जीवनशैली, धूम्रपान तथा मद्यपान जस्ता कारणहरूले उच्च रक्तचापको समस्या बढ्न थालेको चिकित्सकहरु बताउने गर्छन् । बदलिँदो जीवनशैली र सहरीकरणसँगै युवापुस्तादेखि नै उच्च रक्तचाप देखिन छ । मुटु रोग...
नीतिगत अस्पष्टताका कारण मोबाइल व्यवसायीले दुःख पाइरहेका छन् : रमेशकुमार घिमिरे
TNV News Update

नीतिगत अस्पष्टताका कारण मोबाइल व्यवसायीले दुःख पाइरहेका छन् : रमेशकुमार घिमिरे

काठमाडौँ, ३ जेठ । नेपाल मोबाइल व्यवसायी महासङ्घका नवनिर्वाचित अध्यक्ष रमेश कुमार घिमिरेले सेकेण्डह्याण्ड मोबाइलको वैध कारोबार नहुँदा र अनलाइन पेमेन्ट सिस्टमका कारण व्यवसायीहरुले दुःख पाइरहेको बताउनुभएको छ । चोरीका मोबाइल सेटबाट अनलाइन पेमेन्ट गर्दा समेत व्यवसायीहरुले अनावश्यक दुःख पाएको र साइबर ब्युरोसम्म धाउनुपर्ने अवस्था आएको पनि बताउनुभयो । हालै...