Author: The Nepali Video

विधि र प्रक्रियाबमोजिम आएका रिट दर्ता गर्नु : कामु प्रधानन्यायाधीश मल्ल
TNV News Update

विधि र प्रक्रियाबमोजिम आएका रिट दर्ता गर्नु : कामु प्रधानन्यायाधीश मल्ल

काठमाडौँ, ४ जेठ । सर्वोच्च अदालतका कायममुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्लले विधि र प्रक्रियबमोजिम दर्ता हुन आएका रिट निवेदन दर्ता गर्न आदेश दिनुभएको छ । कामु प्रधानन्यायाधीश मल्लले गत वैशाख २३ र २५ गतेलगायतका मितिमा दर्ता हुन आएका रिट निवेदनहरु दर्ता गर्न आज आदेश दिनुभएको हो । कानुन व्यवसायीहरुले...
सगरमाथा र लोत्से आरोहण गर्ने पहिलो टोली बन्यो चिनियाँ आरोही सी जुन्जीको टोली
TNV News Update

सगरमाथा र लोत्से आरोहण गर्ने पहिलो टोली बन्यो चिनियाँ आरोही सी जुन्जीको टोली

काठमाडौँ, ४ जेठ । चिनियाँ आरोही सी जुन्जीको टोली यस याममा विश्वको सर्वोच्च शिखर सगरमाथा र लोत्सेको सफल आरोहण गर्ने पहिलो टोली बनेको छ । गत बिहीबार (मे १४) को बिहान ८ः५६ बजे सगरमाथाको सफल आरोहण गरेको चिनियाँ आरोही सी जुन्जीको टोलीले आज बिहान ११ः२५ बजे लोत्सेको सफल आरोहण गरेसँगै...
गुनासो सम्बोधनमा ऊर्जा मन्त्रालयको सक्रियता, १० हजारभन्दा बढी गुनासो सम्बोधन
TNV News Update

गुनासो सम्बोधनमा ऊर्जा मन्त्रालयको सक्रियता, १० हजारभन्दा बढी गुनासो सम्बोधन

काठमाडौँ, ४ जेठ । गुनासो लिने मात्रै होइन समाधान पनि गर्ने उद्देश्यका साथ ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले हटलाइन नम्बर ११५१ लाई थप प्रभावकारी बनाएको छ । मन्त्रालयले पछिल्लो समय सेवा प्रवाहमा नयाँ अभ्यास सुरू गरेको र त्यसलाई थप प्रभावकारी बनाएको जनाएको छ । ऊर्जामन्त्री विराज भक्त श्रेष्ठले पदभार सम्हालेलगत्तै...
सुनकोशीको बेलिब्रिज झिकिएपछि समस्यामा स्थानीय
TNV News Update

सुनकोशीको बेलिब्रिज झिकिएपछि समस्यामा स्थानीय

खोटाङ, ४ जेठ । सुनकोशीस्थित फोक्सिङटार र बङ्शिलाघाटको अस्थायी बेलिब्रिज झिकिएसँगै खोटाङ पूर्वी तराईसँगको सीधा यातायात सम्पर्कबाट विच्छेद भएको छ । निरन्तरको वर्षापछि सुनकोशी नदीमा पानीको बहाव बढेसँगै फरक–फरक सडकखण्डमा पर्ने फोक्सिङटार र बङ्शिलाघाटको अस्थायी बेलिब्रिज निकालिएको हो । पूर्वी तराईका विभिन्न जिल्ला जोड्ने दुईवटा नाकामा जडान गरिएको अस्थायी बेलिब्रिज...
विजयपुर खोला किनारमा तरबुजा खेती, भनेजस्तै आम्दानी
TNV News Update

विजयपुर खोला किनारमा तरबुजा खेती, भनेजस्तै आम्दानी

गण्डकी, ४ जेठ । पोखरा महानगरपालिका–१३ बगरकोट कसेरीस्थित विजयपुर खोलाको किनारमा गत फागुनमा रोपिएका तरबुजाका लहरामा अहिले फल लागेको छ । लामो समयदेखि बाँझो रहेको यहाँको २५ रोपनी बलौटे जमिनमा पोखरा–२२ पुम्दीभुम्दीका ३२ वर्षीय सुन्दर बरालले व्यावसायिक तरबुजाखेती सुरू गर्नुभएको थियो । उहाँले फागुनमा सरस्वती जातका तीन हजार ५०० बिरुवा...
म्याग्दीको गाजनेमा व्यावसायिक स्याउखेती
TNV News Update

म्याग्दीको गाजनेमा व्यावसायिक स्याउखेती

म्याग्दी, ४ जेठ । म्याग्दीको बेनी नगरपालिका–५ गाजनेमा जिल्लामै पहिलो पटक व्यावसायिक स्याउखेती सुरु भएको छ । प्रविन कृषि तथा पशुपन्क्षी फार्ममार्फत ३० रोपनी खेत र पाखोबारीमा स्याउखेती सुरू गरेको हो । फार्मका सञ्चालक यादव पौडेलले स्याउखेतीको परीक्षण सफल भएपछि व्यावसायिक रुपमा स्याउखेती सुरू गरेको बताउनुभयो । छ वर्ष सरकारी...
किसानको घरदैलोमै पुगेर पशुपन्छीको औषधोपचार
TNV News Update

किसानको घरदैलोमै पुगेर पशुपन्छीको औषधोपचार

म्याग्दी, ४ जेठ । म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीमा पशुपालन गर्ने किसानका घरदैलोमा पुगेर पशुपन्छीको उपचार गरिएको छ । सदरमुकाम बेनीबाट भौगोलिक रूपमा टाढाको दुरीमा पर्ने भकिम्लीमा निःशुल्क पशु स्वास्थ्य तथा बाँझोपन निवारण शिविर सञ्चालन गरेर नगरपालिकाले घरदैलोमै पशुपन्छीको उपचार गरेको हो । आइतबार आयोजित शिविरमा ७७ जना किसानका करिब तीन...
बिहेभोजको खर्च कटाएर टोलमा सडकबत्ती जडान
TNV News Update

बिहेभोजको खर्च कटाएर टोलमा सडकबत्ती जडान

म्याग्दी, ४ जेठ । म्याग्दीको मङ्गला गाउँपालिका–२ कोत्रवाङका एक दम्पतीले बिहेभोजमा हुने खर्च कटाएर आफ्नो टोलमा सडकबत्ती जडान गरेका छन् । हालै विवाहबन्धनमा बाँधिएका कोत्रवाङका प्रकाश खत्री र राधिका धिताल खत्रीले व्यक्तिगत लगानीमा सडकबत्ती जडान गर्नुभएको हो । सडकबत्ती जडान भएपछि रातको समयमा उज्यालो हुँदा हिँडडुल गर्न सहज, सुरक्षित महसुस...
निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविरबाट २४५ जना लाभान्वित
TNV News Update

निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविरबाट २४५ जना लाभान्वित

कञ्चनपुर, ४ जेठ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–५ वन समितिमा आइतबार आयोजित निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविरबाट २४५ जनाले लाभ लिएका छन् । वडा कार्यालयद्वारा आयोजित शिविरमा विशेषज्ञ चिकित्सकद्वारा बिरामीको स्वास्थ्य परीक्षण, उपचार, परामर्श, औषधि वितरण तथा रगत परीक्षणलगायत सेवा प्रदान गरिएको थियो । उपचारका लागि आउनेमध्ये करिब ९८ प्रतिशत महिला थिए...