Author: The Nepali Video

एमाले अध्यक्ष ओलीलाई पितृशोक
TNV News Update

एमाले अध्यक्ष ओलीलाई पितृशोक

काठमाडौँ, २९ फागुन । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक परेको छ । पूर्वप्रधानमन्त्री ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा आज भक्तपुरस्थित नेपाल–कोरियामैत्री अस्पतालमा निधन भएको हो । दिवङ्गत ओलीका दुई छोरा र तीन छोरी हुनुहुन्छ । उहाँको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने अध्यक्ष ओलीको निजी सचिवालयले...
जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दुरी छोटियो
TNV News Update

जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दुरी छोटियो

भोजपुर, २९ फागुन । भोजपुरको हतुवागढी गाउँपालिका–९ कोप्चेबाट बराहक्षेत्रसम्म पानीमा सञ्चालन हुने बोट सञ्चालनले स्थानीय नागरिकको आवतजावत सहज बनेको छ । जलयात्रामार्फत धरान, इटहरी, विराटनगरलगायत तराईका सहरसँग दक्षिणी भेगका नागरिकको दुरी छोटिएको छ । दुधकोशी र अरुणजस्ता ठूला नदीमा पुल नहुँदा वर्षौँदेखि स्थानीयवासी आवतजावतमा समस्या झेल्दै आएका थिए । अहिले...
पुस्तक समीक्षा : ‘पहिलो आमनिर्वाचन २०१५’ पहिलो निर्वाचनको अभिलेखीकरण, वर्तमानका लागि दृष्टिविन्दु
TNV News Update

पुस्तक समीक्षा : ‘पहिलो आमनिर्वाचन २०१५’ पहिलो निर्वाचनको अभिलेखीकरण, वर्तमानका लागि दृष्टिविन्दु

प्रकाश सिलवाल काठमाडौँ, २८ फागुन । “इतिहास केवल अतितको कथा होइन, वर्तमानलाई बुझ्ने मार्ग पनि हो ।’’ भारत स्वतन्त्र भएपछिका तत्कालीन प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरुले भने झैँ इतिहासका घटनाहरुले वर्तमानलाई बुझाउन मदत गर्छ । इतिहासबाट पाठ सिकेर भविष्यको गोरेटो कोर्नुपर्छ पनि भनिन्छ तर इतिहासको विरासतले मात्रै वर्तमान र भविष्य चल्न...
इनिसा विकलाई न्याय दिनुपर्ने माग गर्दै माइतीघरमा प्रदर्शन
TNV News Update

इनिसा विकलाई न्याय दिनुपर्ने माग गर्दै माइतीघरमा प्रदर्शन

काठमाडौँ, २८ फागुन । इनिसा विकको हत्यामा संलग्नलाई कडा कारबाही गर्नुपर्ने माग गर्दै आज माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ । जात व्यवस्था उन्मुलन मोर्चा नेपालको अगुवाइमा दलित समुदायका युवाले इनिसाको बलात्कारपछि हत्या घटनाको निष्पक्ष, पारदर्शी र गम्भीर अनुसन्धान गर्नुपर्ने र पीडितलाई न्यायको निमित्त घटनाको निष्पक्ष, पारदर्शी र गम्भीर अनुसन्धान गर्नुपर्ने...
आरनको भरमा लुहार दम्पतीको जीविका
TNV News Update

आरनको भरमा लुहार दम्पतीको जीविका

कञ्चनपुर, २८ फागुन । बझाङको बुँगलबाट डेढ वर्षअघि कञ्चनपुर झरेका ५६ वर्षीय शङ्कर लुहार परम्परागत आरन पेसाको भरमा परिवारको जीविका चलाउँदै आउनुभएको छ । शुक्लाफाँटा नगरपालिका–८ फुलेलीमा आरन सञ्चालन गर्दै उहाँले फलाम, तामा र सिल्भरका कृषि तथा घरायसी सामग्री निर्माण गरी गाउँ–गाउँ पुगेर बिक्री गर्दै आउनुभएको छ । सहज जीवनयापनको...
सर्लाहीमा निर्वाचन प्रहरीलाई सम्मानसहित बिदाई
TNV News Update

सर्लाहीमा निर्वाचन प्रहरीलाई सम्मानसहित बिदाई

मलङ्गवा, २८ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि गत माघ १८ गते नियुक्ति भइ विभिन्न मतदान केन्द्र तथा निर्वाचनसम्बन्धी कार्यमा खटिएका निर्वाचन प्रहरीहरूलाई कार्यावधि सम्पन्न भएपछि आज औपचारिक रूपमा बिदाई गरिएको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीमा आयोजित उक्त बिदाई कार्यक्रममा निर्वाचन अवधिभर खटिएका प्रहरीहरूले आफ्नो जिम्मेवारी निष्ठापूर्वक निर्वाह गर्दै...
रास्वपाले राम्रो काम गरेकाले अहिलेको परिणाम आएको होइन, अब परीक्षा सुरू भयो : सुदर्शन आचार्य [भिडिओ]
TNV News Update

रास्वपाले राम्रो काम गरेकाले अहिलेको परिणाम आएको होइन, अब परीक्षा सुरू भयो : सुदर्शन आचार्य [भिडिओ]

काठमाडौँ, २८ फागुन । पछिल्लो चुनावी परिणामले नेपालका परम्परागत राजनीतिक दलहरू नेपाली काङ्ग्रेस, नेकपा (एमाले) र माओवादी केन्द्रप्रति जनतामा गहिरो असन्तोष रहेको सङ्केत दिएको राजनीतिक विश्लेषक एवम् लेखक सुदर्शन आचार्यले बताउनुभएको छ । नेपाल न्युज बैङ्कसँगको विशेष कुराकानीमा उहाँले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को उदय कुनै सामान्य चुनावी परिणाम नभइ जनताको...
जनताप्रतिको सेवाभावमा कमी हुँदैन : अध्यक्ष ओली
TNV News Update

जनताप्रतिको सेवाभावमा कमी हुँदैन : अध्यक्ष ओली

काठमाडौँ, २८ फागुन । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको परिणाम आफ्नो पक्षमा नआए पनि जनताप्रतिको प्रतिबद्धता र सेवाभावमा कमी नहुने बताउनुभएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएपछि आज पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका ओलीले सामाजिक सञ्जालमार्फत् यस पटकको निर्वाचनमा आफूले अपेक्षा गरेजस्तो परिणाम प्राप्त गर्न नसकेको स्वीकार गर्दै...
माथिल्लो ठुलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न
TNV News Update

माथिल्लो ठुलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न

म्याग्दी, २८ फागुन । म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ मा २२ दशमलव पाँच मेगावाट क्षमताको माथिल्लो ठुलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न भएको छ । ठुलोखोला हाइड्रोपावर लिमिटेड प्रवर्द्धक रहेको आयोजनाको भौतिक संरचना, विद्युत्‌गृहमा उपकरण जडान र प्रसारण लाइन निर्माण सम्पन्न भएको हो । आयोजना प्रमुख शिवसागर यादवले भौतिक संरचना निर्माण सम्पन्न गरी...