Author: The Nepali Video

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
TNV News Update

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

काठमाडौँ, ३१ वैशाख । बुधबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । सुन तोलामा रु ३०० र चाँदी ३५ रूपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु तीन लाख दुई हजार ५०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य...
वन्यजन्तुका डरले बसाइँसराइ
TNV News Update

वन्यजन्तुका डरले बसाइँसराइ

भूमिराज पिठातोली चैनपुर, ३१ वैशाख । खप्तड राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा भदौ महिनाको अन्तिम साता आसपास पशुचौपायाका गोठहरू बेँसीतिर सार्ने चलन छ । यसरी बेँसी झर्दा तिनलाई पछ्याउँदै वन्यजन्तुहरू पनि तल झर्न थाल्छन् । आहाराको खोजीमा चितुवा, भालु, स्याललगायत वन्यजन्तु बेँसी झर्दा बाली र पशुधन क्षतिका घटना बढ्दै गएका छन्...
हामीले सदमा प्रधानमन्त्रीको अनुहार होइन, जवाफदेहिता खोजेका हौँ : खुस्बु ओली
TNV News Update

हामीले सदमा प्रधानमन्त्रीको अनुहार होइन, जवाफदेहिता खोजेका हौँ : खुस्बु ओली

काठमाडौँ, ३१ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुस्बु ओलीले सदनमा प्रधानमन्त्रीको माग केवल अनुहार हेर्नका लागि नभइ जवाफदेहीताको खोजी भएको बताउनुभएको छ । बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उहाँले लोकतन्त्र केवल चुनाव जित्ने प्रणाली नभइ निरन्तर संवादको अभ्यास भएको भन्दै सदनमा प्रधानमन्त्रीको माग केवल अनुहार हेर्नका लागि नभइ जवाफदेहीताको...
विपक्षीसँग पनि परामर्श गर्न अध्यक्ष राईको आग्रह
TNV News Update

विपक्षीसँग पनि परामर्श गर्न अध्यक्ष राईको आग्रह

काठमाडौँ, ३१ वैशाख । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले नीति तथा कार्यक्रम र बजेट तुर्जमाको छलफलमा सत्ता पक्षले विपक्षीसँग पनि परामर्श गर्नुपर्ने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा दलीय आधारमा भाग लिँदै अध्यक्ष राईले देश बनाउने मामिलामा सत्ता पक्ष र विपक्ष एकै सिक्काका दुई...
हिन्दुकुश हिमालय क्षेत्रमा जलवायुजन्य विपद् बढ्दै
TNV News Update

हिन्दुकुश हिमालय क्षेत्रमा जलवायुजन्य विपद् बढ्दै

भीष्मराज ओझा काठमाडौँ, ३१ वैशाख । जलवायु परिवर्तनका कारण हिन्दुकुश हिमालय क्षेत्रमा जलवायुजन्य विपद्का घट्ना बढ्दै गएका छन् । पछिल्लो तथ्याङ्कअनुसार यस क्षेत्रमा गत वर्षमा मात्रै १० ठुला विपद्का घट्ना भएका छन् । अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)का अनुसार हिन्दुकुश क्षेत्रका आठ देशमध्ये भारत, नेपाल, बङ्गलादेश र भुटानले सन्...
चिनियाँ नेता सीसँगको वार्ता अत्यन्त सकारात्मक र फलदायी : राष्ट्रपति ट्रम्प
TNV News Update

चिनियाँ नेता सीसँगको वार्ता अत्यन्त सकारात्मक र फलदायी : राष्ट्रपति ट्रम्प

बेइजिङ, ३१ वैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ समकक्षी सी चिनफिङसँगको वार्ता ‘अत्यन्त सकारात्मक’ भएको बताउनुभएको छ । ग्रेट हल अफ द पिपुलमा आयोजित भव्य समारोहमा राष्ट्रपति ट्रम्पले भन्नुभयो, “हामीले चिनियाँ प्रतिनिधिमण्डलसँग आज अत्यन्त सकारात्मक र फलदायी कुराकानी गरेका छौँ । भेटका अबसरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ...
पुँजीगत खर्चको एक प्रतिशत ‘अनुसन्धान र विकास’मा छुट्याउन सांसद पुनको आग्रह
TNV News Update

पुँजीगत खर्चको एक प्रतिशत ‘अनुसन्धान र विकास’मा छुट्याउन सांसद पुनको आग्रह

काठमाडौँ, ३१ वैशाख । प्रतिनिधिसभाको आजको बैठकमा स्वतन्त्र सांसद महावीर पुनले पुँजीगत खर्चको एक प्रतिशत ‘अनुसन्धान र विकास’ का लागि छुट्याउन सरकारसँग आग्रह गर्नुभएको छ । सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा उहाँले विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय गठन गरिनु स्वागतयोग्य भएको बताउनुभयो । “अब...
संरक्षणको पर्खाइमा चार सय वर्ष पुरानो चट्टान अभिलेख
TNV News Update

संरक्षणको पर्खाइमा चार सय वर्ष पुरानो चट्टान अभिलेख

रमेश गिरी भक्तपुर, ३१ वैशाख । विश्वमै दुर्लभ मानिएको नेपाल कै पहिलो र ४०० वर्ष पुरानो लिच्छवीकालीन चट्टान अभिलेख यतिखेर संरक्षणको पर्खाइमा रहेको छ । चाँगुनारायण नगरपालिका–९ ताथलीस्थित हललगाउँ र गाउँको भीरपाखा एवम् खेतको डिलमा यत्रतत्र रहेको अवस्थामा फरकफरक १५ वटा ऐतिहासिक चट्टान अभिलेखको २०६७ पुसमा अन्वेषर्णकर्ता, संस्कृतिविद् एवम् इतिहासविद्...
नीति तथा कार्यक्रम पुरानै निरन्तरता मात्र भएको रामकुमारी झाँक्रीको टिप्पणी
TNV News Update

नीति तथा कार्यक्रम पुरानै निरन्तरता मात्र भएको रामकुमारी झाँक्रीको टिप्पणी

काठमाडौँ, ३१ वैशाख । राष्ट्रियसभा सदस्य एवम् नेकपा (एमाले)की नेतृ राम कुमारी झाँक्रीले सरकारको नीति तथा कार्यक्रम पुरानै कार्यक्रमको निरन्तरता मात्र भएको टिप्पणी गर्नुभएको छ । बिहीबार राष्ट्रियसभा बैठकमा बोल्दै उहाँले हाल प्रस्तुत नीति तथा कार्यक्रममा केही बुँदा घटाएर पुरानै कार्यक्रमलाई दोहोर्‍याइएको भन्दै धेरै टिप्पणी गर्नुपर्ने विषय नरहेको बताउनुभयो ।...