राष्ट्रियसभा शून्य समय : ‘हत्या, हिंसा बढ्यो, सुरक्षाको सुनिश्चितता होस्’

काठमाडौँ, ५ जेठ । सांसद गोमादेवी तिमिल्सिनाले पछिल्लो समय हत्या, हिंसा, लुटपाट, डकैतीजस्ता घटना बढ्दै गएको उल्लेख गर्दै सरकारसँग सुरक्षाको सुनिश्चितता गर्न आग्रह गर्नुभयो । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसद दुर्गा गुरुङले भन्नुभयो, “१३२ केभी प्रसारण लाइनको देउराली र चिसापानीको बीचमा रहेको टावर हुरीबतासले लडाएपछि पुरानो ३३ केभी लाइनबाट काम चलाइरहेको छ, अहिले सुर्खेतमा १३२ केभी प्रसारण लाइन अवरुद्ध हुँदा सुर्खेतलगायत आसपासको क्षेत्रमा न्यून भोल्टेज हुँदा बिजुली बत्तीबाट चल्ने घरेलु उपकरण पनि चल्न सकेको छैन, समस्या समाधान गर्न छिटो पहल गरियोस् ।” सांसद नारायणदत्त मिश्रले न्यायपालिकालाई स्वतन्त्र र निष्पक्ष रहन दिनुपर्ने धारणा राख्नुभयो । सांसद भुवनबहादुर सुनारले सुकुम्बासी समस्या जतिसक्दो चाँडो समाधान गर्नुपर्ने उल्लेख गर्नुभयो । सांसद सोनाम गेल्जेन शेर्पाले सोलुखुम्बु जिल्लामा रहेको जलविद्युत् आयोजना समयमै सम्पन्न गर्नुपर्ने बताउनुभयो । सांसद सुरेशकुमार आलेमगर, मोहमद खालिद, युवराज शर्मा र राजेन्द्र लक्ष्मी गैरेले देशको समसामयिक विषयमा सरकारसँग चासो राख्नुभयो ।

राष्ट्रियसभा शून्य समय : ‘हत्या, हिंसा बढ्यो, सुरक्षाको सुनिश्चितता होस्’

काठमाडौँ, ५ जेठ । सांसद गोमादेवी तिमिल्सिनाले पछिल्लो समय हत्या, हिंसा, लुटपाट, डकैतीजस्ता घटना बढ्दै गएको उल्लेख गर्दै सरकारसँग सुरक्षाको सुनिश्चितता गर्न आग्रह गर्नुभयो ।

राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसद दुर्गा गुरुङले भन्नुभयो, “१३२ केभी प्रसारण लाइनको देउराली र चिसापानीको बीचमा रहेको टावर हुरीबतासले लडाएपछि पुरानो ३३ केभी लाइनबाट काम चलाइरहेको छ, अहिले सुर्खेतमा १३२ केभी प्रसारण लाइन अवरुद्ध हुँदा सुर्खेतलगायत आसपासको क्षेत्रमा न्यून भोल्टेज हुँदा बिजुली बत्तीबाट चल्ने घरेलु उपकरण पनि चल्न सकेको छैन, समस्या समाधान गर्न छिटो पहल गरियोस् ।”

सांसद नारायणदत्त मिश्रले न्यायपालिकालाई स्वतन्त्र र निष्पक्ष रहन दिनुपर्ने धारणा राख्नुभयो । सांसद भुवनबहादुर सुनारले सुकुम्बासी समस्या जतिसक्दो चाँडो समाधान गर्नुपर्ने उल्लेख गर्नुभयो ।

सांसद सोनाम गेल्जेन शेर्पाले सोलुखुम्बु जिल्लामा रहेको जलविद्युत् आयोजना समयमै सम्पन्न गर्नुपर्ने बताउनुभयो । सांसद सुरेशकुमार आलेमगर, मोहमद खालिद, युवराज शर्मा र राजेन्द्र लक्ष्मी गैरेले देशको समसामयिक विषयमा सरकारसँग चासो राख्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *