पाथीभराको महिनाको भेटी एक करोड छ लाख

फुङ्लिङ, १ जेठ । पाथीभरा देवीस्थानमा एक महिनामा एक करोड छ लाख २८ हजार रूपैयाँ भेटी सङ्कलन भएको छ । वैशाख महिनामा उक्त भेटी सङ्कलन भएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । चैत र वैशाखमा पाथीभरामा अधिक भक्तजन आउने गरेका छन् । गत चैतमा ५८ लाख ५७ हजार ५०० रूपैयाँ र फागुनमा ३१ लाख १० हजार रूपैयाँ सङ्कलन भएको थियो ।

पाथीभराको महिनाको भेटी एक करोड छ लाख

फुङ्लिङ, १ जेठ । पाथीभरा देवीस्थानमा एक महिनामा एक करोड छ लाख २८ हजार रूपैयाँ भेटी सङ्कलन भएको छ ।

वैशाख महिनामा उक्त भेटी सङ्कलन भएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । चैत र वैशाखमा पाथीभरामा अधिक भक्तजन आउने गरेका छन् । गत चैतमा ५८ लाख ५७ हजार ५०० रूपैयाँ र फागुनमा ३१ लाख १० हजार रूपैयाँ सङ्कलन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *